images

२०८३ आश्विन २० गते

images
images
images
  • शेयर
  • नेप्से दोहोरो अंकले उकालो, कारोबार रकम...

नेप्से दोहोरो अंकले उकालो, कारोबार रकम ३ अर्ब १३ करोडमा सीमित

नेप्से दोहोरो अंकले उकालो, कारोबार रकम ३ अर्ब १३ करोडमा सीमित

images
images
मंगलवार, आश्विन २० २०८३
मंगलवार, आश्विन २० २०८३
  • काठमाडौँ । साताको सेयर कारोबार हुने दोस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । अघिल्लो दिन २० अंकले घटेको बजार आज ११.९६ अंकले बढेको हो । आजको कारोबार बन्द हुँदा परिसूचक २५७८.७३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १६९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको सेयर मुल्य आज घटेको छ । आज १५ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । 

    images
    images

    त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २ अंकले बढेर ४६१.८६ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य बढेको छ भने २ वटाको घटेको छ । परिसूचक बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । आज बजारमा ३ अर्ब १३ करोड माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३५९ कम्पनीका ८९ लाख ५५ हजार २३० कित्ता सेयर ४१ हजार ६०७ पटक खरिद बिक्री हुँदा ३ अर्ब १३ करोड ८१ लाख १९ हजार ५२८ रुपैयाँको कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend