काठमाडौँ, २० असोज । नेपाल राष्ट्र बैंकले वित्तीय कारोबारमा सचेतना अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। केन्द्रीय बैंकले वित्तीय साक्षरता तथा चेतनाका लागि बचत गर्ने बानीदेखि डिजिटल कारोबार र वित्तीय ठगीबाट जोगिनेसम्मका विषयलाई प्राथमिकतामा राख्दै आएको छ।
राष्ट्र बैंकका अनुसार वित्तीय सेवा प्रयोग गर्दा सम्बन्धित सेवा तथा सुविधाका सर्तहरू अनिवार्य रूपमा पढेर बुझ्नुपर्ने हुन्छ। बैंक तथा वित्तीय संस्थाको प्रकृति र आफूलाई आवश्यक सेवाबारे जानकारी लिएर मात्र कारोबार गर्न पनि केन्द्रीय बैंकले सचेत गराएको छ।





.gif)





