images

२०८३ आश्विन २० गते

images
images
images

भन्सार छलीका सामान बरामद

भन्सार छलीका सामान बरामद

images
images
मंगलवार, आश्विन २० २०८३
मंगलवार, आश्विन २० २०८३
  • वीरगञ्ज (पर्सा), २० असोज । प्रहरीले रु १० लाख छ हजार ७६० बराबरका भन्सार छली गरी ल्याइएका मोबाइल, शृङ्गारका सामान र स्याउ बरामद गरेको छ ।

    images
    images

    जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१४ गण्डकचोकबाट भन्सार छली गरी ल्याइएका विभिन्न कम्पनीका मोबाइल चार थान, कस्मेटिक सामान तथा स्याउ बरामद गरिएको हो । ती सामानको मूल्य रु पाँच लाख ५२ हजार २१० बराबर छ ।

    त्यसैगरी, वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट भन्सार छली गरेर ल्याइएको रु चार लाख ५४ हजार ५५० बराबरको शृङ्गारका सामान र स्याउ बरामद गरिएको छ ।

    images
    images

    बरामद गरिएका सबै सामान वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend