images

२०८३ आश्विन १९ गते

images
images
images

राष्ट्र बैंकले दुई दिनमै ७० करोड थान नयाँ सिक्का छाप्दै, २ रुपैयाँका ३० करोड थानका लागि टेन्डर

राष्ट्र बैंकले दुई दिनमै ७० करोड थान नयाँ सिक्का छाप्दै, २ रुपैयाँका ३० करोड थानका लागि टेन्डर

images
images
सोमवार, आश्विन १९ २०८३
सोमवार, आश्विन १९ २०८३
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा खुद्रा पैसाको अभाव हुन नदिन र मौज्दात सन्तुलनमा राख्न दुई दिनको अन्तरालमा ठूलो संख्यामा नयाँ सिक्का छाप्ने प्रक्रिया अगाडि बढाएको छ । केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले २ रुपैयाँ दरका ३० करोड थान नयाँ सिक्का डिजाइन, टकमरी (मिन्टिङ) तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र (ग्लोबल टेन्डर) आह्वान गरेको छ । पूर्व-योग्यता प्राप्त अन्तर्राष्ट्रिय सेक्युरिटी मिन्टिङ कम्पनीहरूले शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ भने यो प्रक्रिया ‘एकल चरण, दुई खाम’ (प्राविधिक र आर्थिक प्रस्ताव छुट्टाछुट्टै) विधिमार्फत हुनेछ।यसअघि आइतबार मात्रै राष्ट्र बैंकले १ रुपैयाँ दरका ४० करोड थान सिक्काका लागि पनि यस्तै बोलपत्र आह्वान गरेको थियो । यसरी दुई दिनमै कुल ७० करोड थान (१ रुपैयाँको ४० करोड र २ रुपैयाँको ३० करोड) सिक्का छाप्ने प्रक्रिया अघि बढाइएको छ ।

    images
    images

    इच्छुक कम्पनीहरूले आगामी ३ नोभेम्बर २०२६ सम्म २०,००० रूपैयाँ (वा १३१ अमेरिकी डलर / ११५ युरो) गैर-फिर्तायोग्य दस्तुर तिरेर बोलपत्र कागजात खरिद गर्न सक्नेछन् । यससम्बन्धी ‘प्रि-बिड बैठक’ आगामी १६ अक्टोबर २०२६ मा मुद्रा व्यवस्थापन विभाग, थापाथलीमा आयोजना गरिनेछ । कम्पनीहरूले ४ नोभेम्बर २०२६ को दिउँसो १२:०० बजेसम्म बोलपत्र दर्ता गराइसक्नुपर्नेछ भने सोही दिन दिउँसो १:०० बजे खोलिने सूचनामा उल्लेख छ । बोलपत्रमा सहभागी हुन कम्पनीहरूले कम्तीमा १ लाख ३२ हजार अमेरिकी डलर (वा सो बराबरको विदेशी मुद्रा/नेपाली रुपैयाँ) बिड सेक्युरिटी (जमानत रकम) राख्नुपर्नेछ । बोलपत्रको मान्यता अवधि खोलिएको मितिबाट १२० दिनको हुनेछ भने जमानत रकम ३ अप्रिल २०२७ सम्म मान्य हुनुपर्ने प्रावधान राखिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend