images

२०८३ आश्विन १९ गते

images
images
images
  • बजार
  • आज कति छ कालीमाटीमा तरकारी तथा...

आज कति छ कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य ?

आज कति छ कालीमाटीमा तरकारी तथा फलफूलको मूल्य ?

images
images
सोमवार, आश्विन १९ २०८३
सोमवार, आश्विन १९ २०८३
  • काठमाडौं। उपत्यकाको बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्यमा विविधता देखिएको छ। उपलब्ध विवरणअनुसार तरकारी, फलफूल, सागसब्जी, च्याउ, मसला तथा माछाको मूल्य प्रतिकेजीका आधारमा फरक–फरक रहेको छ।सबैभन्दा महँगोमा पार्सले प्रतिकेजी २ हजार ४ सयदेखि २ हजार ८ सय रुपैयाँसम्म रहेको छ। त्यस्तै सिताके च्याउ ८ सयदेखि १ हजार, कुरिलो ७ सयदेखि ८ सय र पुदीना ६ सयदेखि ७ सय रुपैयाँसम्ममा कारोबार भइरहेको छ।तरकारीतर्फ स्कुस प्रतिकेजी २० देखि ३० रुपैयाँसम्म रहेको छ भने काक्रो हाइब्रिड १५ देखि २५ रुपैयाँ, चिचिण्डो ३० देखि ४० रुपैयाँ र रातो मूला ३० देखि ४० रुपैयाँसम्म रहेको छ। बोडी १२० देखि १५०, तितो करेला १२० देखि १४० र स्थानीय काउली ११० देखि १३० रुपैयाँसम्म रहेको छ।

    images
    images

    फलफूलतर्फ फुजी स्याउ प्रतिकेजी ३०० देखि ३५०, जुम्लाको स्याउ २५० देखि ३५०, मुस्ताङको स्याउ २०० देखि २५०, अनार ३०० देखि ३५० र किवी ३५० देखि ४०० रुपैयाँसम्म रहेको छ। नेपाली केरा दर्जनको १५० देखि २०० रुपैयाँ र मालभोग केरा १०० देखि १५० रुपैयाँसम्म रहेको छ।माछातर्फ ताजा रहु प्रतिकेजी ३४० देखि ३७०, बचुवा ३०० देखि ३४० र छडी माछा ३२० देखि ३५० रुपैयाँसम्म रहेको छ। सुकेको माछा भने ८०० देखि १ हजार रुपैयाँसम्म रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend