images

२०८३ आश्विन १८ गते

images
images
images
  • बैंक वित्त
  • सिद्धार्थ बैंकको ‘१०–१० दसैँ धमाका’ अफर,...

सिद्धार्थ बैंकको ‘१०–१० दसैँ धमाका’ अफर, दराजमा १५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकको ‘१०–१० दसैँ धमाका’ अफर, दराजमा १५ प्रतिशतसम्म छुट

images
images
आइतवार, आश्विन १८ २०८३
आइतवार, आश्विन १८ २०८३
  • काठमाडौं । सिद्धार्थ बैंकले दराजको सहकार्यमा दसैँको अवसर पारेर ‘१०–१० दसैँ धमाका’ अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराजको एपमार्फत सामान खरिद गर्दा ग्राहकहरूले १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्।२०८३ असोज १५ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने यस अफर अन्तर्गत सिद्धार्थ बैंकको भिसा डेबिट कार्ड प्रयोगकर्ताले १० प्रतिशत (अधिकतम रु १,०००) र भिसा क्रेडिट कार्ड प्रयोगकर्ताले १५ प्रतिशत (अधिकतम रु. १,५००) सम्म छुट प्राप्त गर्न निम्न प्रक्रिया पूरा गरी उक्त छुटको लाभ लिन सक्नु हुनेछ ।     

    images
    images

    ग्राहकले दराजको एपमा रहेको …Mega Dashain Discounts 10.10Úअभियान अन्तर्गत …Bank VoucherÚ क्सनमा गई सिद्धार्थ बैंकको भाउचर संकलन गर्नुपर्नेछ ।संकलित भाउचर ग्राहकको Daraz प्रोफाइलको ‘My Vouchers’ मा सुरक्षित हुनेछ । त्यसपछि रु १,९९९ वा सोभन्दा बढीको खरिद गर्दा उक्त भाउचर छनोट गरी भुक्तानीको माध्यममा Visa Debit/Credit Card छनोट गरेर सिद्धार्थ बैंकको भिसा डेबिट वा क्रेडिट कार्डमार्फत भुक्तानी गरी उक्त छुट प्राप्त गर्न सक्नुहुनेछ ।दसैँको समयमा अनलाइन किनमेललाई थप सहज, सुरक्षित तथा लाभदायी बनाउने उद्देश्यले ल्याइएको यस सहकार्यले ग्राहकलाई डिजिटल भुक्तानीका सहज र सुरक्षित माध्यम प्रयोग गर्न प्रोत्साहित गर्ने विश्वास बैंकले लिएको छ । 

    साथै, दसैँको किनमेलमा ग्राहकलाई थप सुविधा र लाभ प्रदान गर्दै डिजिटल बैंकिङको प्रयोगलाई प्रवद्र्धन गर्न यस अफरले योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।यस अफरको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरू मार्फत सम्पर्क गर्न सक्नेछन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend