काठमाडौं । सान्भि इनर्जीले आफ्नो लेखापरिक्षकमा एस. अनिल एशोसिएट्स, अनिल शाह नियुक्त गरेको छ । पुराना लेखापरिक्षकले राजीनामा दिएको अवस्थामा नयाँ प्रस्ताव माग हुँदा आवेदन दिएका मध्ये एस. अनिल एशोसिएट्स, अनिल शाहलाई लेखापरिक्षकमा नियुक्त गरिएको हो ।
लेखापरिक्षकको प्रस्ताव माग गरिएकोमा एस. अनिल एशोसिएट्स, अनिल शाह, मिलन एशोसिएट्स, मिलन राई र दिपेश अर्याल एण्ड एशोसिएट्स, दिपेश अर्यालले आवेदन दिएका थिए । यसरी प्रस्ताव पेश गर्ने लेखापरिक्षकहरुलाई प्राथमिकता र उनीहरुले पेश गरेको प्रस्तावका आधारमा नियुक्त गर्न संचालक समितिको बैठक समक्ष सिफारिश भएबमोजिम एस. अनिल एशोसिएट्स, अनिल शाहलाई आ. व. २०८२ /०८३ को लेखापरिक्षण गर्न नियुक्त गर्ने निर्णय भएको कम्पनीले जनाएको छ ।




.gif)



