काठमाडौँ । प्रधानन्यायाधीश मनोजकुमार केसीले न्याय परिषद् बैठक बोलाएका छन् । परिषद्का एक सदस्यले दिएको जानकारी अनुसार परिषद् बैठक भोली मंगलबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो ।सर्वोच्च अदालतमा चार न्यायाधीश पद रिक्त छन् । न्यायाधीश पदपूर्तिका लागि सिफारिस लगायतका विषयमा छलफल गर्न परिषद् बैठक बस्न लागेको बताइएको छ ।
‘बैठकको एजेण्डामा नियुक्ति र विविध छ । सायद सर्वोच्चको न्यायाधीश नियुक्तिबारे छलफल होला’, ती सदस्यको भनाइ छ ।प्रधानन्यायाधीश मनोजकुमार शर्मा अध्यक्ष रहेको ५ सदस्यीय परिषद्मा कानुन मन्त्री सोविता गौतम, सर्वोच्चका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, महेशकुमार नेपाल र दामोदर खड्का सदस्य छन् ।




.gif)



