images

२०८३ आश्विन १८ गते

images
images
images
  • शेयर
  • कुमारी बैंकको १ लाख कित्ता संस्थापक...

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर आम सर्वसाधारणका लागि बिक्रीमा

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर आम सर्वसाधारणका लागि बिक्रीमा

images
images
आइतवार, आश्विन १८ २०८३
आइतवार, आश्विन १८ २०८३
  • काठमाडौं। कमारी बैंक लिमिटेडले १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आम सर्वसाधारण लगानीकर्ताले समेत किन्न पाउने गरि उक्त सेयर बिक्रीमा राखेको हो ।

    images
    images

    नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम संस्थापक सेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकोले उक्त सेयर खरिद गर्न विद्यमान संस्थापक सेयरधनीहरुका लागि ३५ दिनको सूचना जारी गरिएको थियो । तोकिएको समयमा विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै आवेदन नआएको हुँदा संस्थापक भन्दा बाहिर सर्वसाधारणहरुबाट उक्त सेयर खरिद गर्न इच्छुक सर्वसाधारणका लागि सूचना जारी गरिएको बैंकले जनाएको छ ।अब आम सर्वसाधारण लगानीकर्ताले ३५ दिन भित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं–१, नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौं – २, टंगालमा आइपुग्ने गरी आवेदन दिनु पर्ने छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend