images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • अमेरिकी शेयर बजारमा वृद्धि, ब्याजदर नबढ्ने...

अमेरिकी शेयर बजारमा वृद्धि, ब्याजदर नबढ्ने अपेक्षा

अमेरिकी शेयर बजारमा वृद्धि, ब्याजदर नबढ्ने अपेक्षा

images
images
शनिवार, आश्विन १७ २०८३
शनिवार, आश्विन १७ २०८३
  • न्युयोर्क, १७ असोज । अमेरिकामा रोजगारी सम्बन्धी नयाँ तथ्यांक कमजोर देखिएपछि अमेरिकी केन्द्रीय बैंकले तत्काल ब्याजदर नबढाउने अनुमान बढेको छ। यससँगै शुक्रबार अमेरिकी शेयर बजारमा वृद्धि देखिएको छ।

    images
    images

    डाउ जोन्स परिसूचक २५० अंक अर्थात् शून्य दशमलव ४९ प्रतिशतले बढेर ५१ हजार १७६ अंकमा पुगेको छ। एस एन्ड पी ५०० परिसूचक शून्य दशमलव ७ प्रतिशतले बढेर ७ हजार ७२२ अंकमा पुगेको छ। नास्डाक परिसूचक पनि १ दशमलव १९ प्रतिशतले बढेर २७ हजार १९० अंकमा बन्द भएको छ।

    अमेरिकी श्रम तथ्यांकअनुसार सेप्टेम्बरमा गैरकृषि क्षेत्रमा २९ हजार नयाँ रोजगारी मात्र थपिएको छ। यो अपेक्षाभन्दा निकै कम हो। बेरोजगारी दर पनि बढेर ४ दशमलव २ प्रतिशत पुगेको छ।

    images
    images

    कमजोर रोजगारी तथ्यांकपछि अमेरिकी केन्द्रीय बैंकले अक्टोबरको बैठकमा ब्याजदर नबढाउने सम्भावना बढेको बजार विश्लेषकहरूले बताएका छन्। यसले लगानीकर्ताको मनोबल बढाउन सहयोग गरेको छ।

    यसैबीच, अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ। आपत्कालीन भण्डारबाट ठूलो परिमाणमा तेल तथा डिजेल बजारमा ल्याउने सहमति भएपछि अमेरिकी कच्चा तेलको मूल्य प्रतिप्यारेल ९१ डलर ११ सेन्टमा झरेको छ।

    कम्पनीतर्फ, नाइकीको शेयर मूल्य करिब ३ दशमलव ६ प्रतिशतले घटेको छ। कम्पनीको आम्दानी अपेक्षाभन्दा कम भएपछि शेयर मूल्यमा गिरावट आएको हो। टेस्लाको शेयर मूल्य भने ४ दशमलव ६५ प्रतिशतले बढेको छ। एनभिडिया, एएमडी र अन्य केही प्रविधि कम्पनीका शेयर मूल्य पनि उच्च विन्दुमा पुगेका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend