images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • सेयर बजारमा दोहोरो अंकको गिरावट, ४...

सेयर बजारमा दोहोरो अंकको गिरावट, ४ अर्बभन्दा बढीको कारोबार

सेयर बजारमा दोहोरो अंकको गिरावट, ४ अर्बभन्दा बढीको कारोबार

images
images
शुक्रवार, आश्विन १६ २०८३
शुक्रवार, आश्विन १६ २०८३
  • काठमाडौँ ।साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । अघिल्लो दिन झिनो अंकले बढेको बजार आज दोहोरो अंकले घटेर बन्द भएको हो । आज सेयर बजार परिसूचक ११.९० अंकले घटेर २५८७.२५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २०७ कम्पनीको सेयर मूल्य घटेको छ भने ६१ कम्पनीको सेयर मूल्य बढेको छ । आज ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

    images
    images

    त्यस्तै सेन्सेटिभ इन्डेक्स पनि १.७४ अंकले घटेर ४६३.०२ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने बाँकी दुई वटाको मूल्य बढेको छ ।परिसूचक घटेको दिन बजारमा ४ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज ३५६ कम्पनीका १ करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर ४३ हजार ६८५ पटक खरिद बिक्री गर्दा ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार १८१ रुपैयाँको कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend