images

२०८३ आश्विन १८ गते

images
images
images
  • कर्पोरेट
  • एभरेष्ट बैंकका ग्राहकलाई मेदान्त अस्पतालमा १५...

एभरेष्ट बैंकका ग्राहकलाई मेदान्त अस्पतालमा १५ प्रतिशतसम्म छुट

एभरेष्ट बैंकका ग्राहकलाई मेदान्त अस्पतालमा १५ प्रतिशतसम्म छुट

images
images
आइतवार, आश्विन १८ २०८३
आइतवार, आश्विन १८ २०८३
  • काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडका ग्राहकहरूले भारतको प्रतिष्ठित मेदान्त अस्पताल (द मेडिसिटी) मा उपचार गराउँदा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। आफ्ना ग्राहकहरूलाई स्वास्थ्य जाँच तथा परीक्षण सेवामा सहुलियत प्रदान गर्ने उद्देश्यले बैंकले मेदान्त अस्पतालसँग यस्तो सम्झौता गरेको हो ।सम्झौता अनुसार एभरेष्ट बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले भारतका विभिन्न शहरमा रहेका मेदान्त अस्पतालका १३ वटा शाखाहरूबाट यो सुविधा लिन सक्नेछन्। यो छुट नयाँ दिल्ली, गुरुग्राम, लखनउ, इन्दौर, राँची तथा नोएडा लगायतका शहरहरूमा सञ्चालित मेदान्तका शाखाहरूमा उपचार गराउँदा प्राप्त हुनेछ।

    images
    images

    अस्पतालका अनुसार यो १५ प्रतिशत छुट ओपिडी सेवातर्फ डाक्टरको परामर्श, प्रयोगशाला र रेडियोलोजीमा लागू हुनेछ। त्यस्तै, आइपिडी सेवातर्फ बेड भाडा, प्रयोगशाला र रेडियोलोजीका साथै मेदान्तको ‘स्ट्यान्डर्ड प्रिभेन्टिभ हेल्थ प्याकेज’ मा समेत यो छुट उपलब्ध गराइनेछ।उक्त सुविधा प्राप्त गर्नका लागि ग्राहकहरूले अस्पतालको बिल भुक्तानी एभरेष्ट बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत गर्नुपर्ने व्यवस्था गरिएको छ। अस्पतालभित्र उपलब्ध हुने सेवाहरूमा मात्र लागू हुने यो विशेष सम्झौताले बैंकका ग्राहकहरूलाई विदेशमा गुणस्तरीय स्वास्थ्य सेवा लिन थप सहज र पहुँचयोग्य बनाउने विश्वास बैंकले लिएको छ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend