images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • जापानमा महँगीको अर्को झट्का, अक्टोबरमा ३...

जापानमा महँगीको अर्को झट्का, अक्टोबरमा ३ हजारभन्दा बढी खाद्यवस्तुको मूल्य बढ्ने

जापानमा महँगीको अर्को झट्का, अक्टोबरमा ३ हजारभन्दा बढी खाद्यवस्तुको मूल्य बढ्ने

images
images
आइतवार, आश्विन १८ २०८३
आइतवार, आश्विन १८ २०८३
  • काठमाडौँ । संसारकै विकसित मुलुकको श्रेणीमा पर्ने जापान पनि महंगी र मूल्यवृद्धिको चपेटामा परेको छ । जापानमा अक्टोबर महिनादेखि ३ हजार १५३ भन्दा बढी खाद्य तथा पेय पदार्थको मूल्य वृद्धि हुने भएको छ । कच्चा पदार्थको मूल्यमा भएको वृद्धि र कमजोर जापानी येनका कारण उत्पादक कम्पनीहरूले लागतको भार उपभोक्तामाथि सार्न बाध्य भएपछि मूल्यवृद्धि थपिएको हो ।अनुसन्धान कम्पनी ‘तेइकोकु डाटा बैंक’ले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार सेप्टेम्बर महिनामा ४,९६५ वस्तुको मूल्य बढेपछि अक्टोबरमा पनि मूल्यवृद्धिको अर्को लहर देखिएको छ ।

    images
    images

    मध्यपूर्वमा जारी द्वन्द्वका कारण कच्चा तेल र नाफ्थाको मूल्यमा भएको वृद्धिले प्याकेजिङ सामग्रीको लागत बढाएको छ, जसले सिधै खाद्यवस्तुको बजार मूल्यलाई प्रभावित पारेको छ ।यस वर्षको तथ्यांक हेर्ने हो भने सन् २०२६ मा हालसम्म २० हजार १८७ वटा खाद्य तथा पेय पदार्थको मूल्य वृद्धि भइसकेको वा हुने क्रममा रहेको छ । लगातार दोस्रो वर्ष मूल्यवृद्धि हुने वस्तुको संख्या २० हजार नाघ्नुले जापानी उपभोक्ताको जीवनयापनमा परेको प्रभावलाई स्पष्ट पारेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend