images

२०८३ आश्विन १८ गते

images
images
images
  • कला / संस्कृति
  • वीरेन्द्रले उद्घाटन गरेको कन्यामको ऐतिहासिक शिलालेख...

वीरेन्द्रले उद्घाटन गरेको कन्यामको ऐतिहासिक शिलालेख जीर्ण, संरक्षणमा बेवास्ता

वीरेन्द्रले उद्घाटन गरेको कन्यामको ऐतिहासिक शिलालेख जीर्ण, संरक्षणमा बेवास्ता

images
images
आइतवार, आश्विन १८ २०८३
आइतवार, आश्विन १८ २०८३
  • काठमाडौं । चर्चित इलामको कन्यामस्थित ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित निकायले पर्याप्त ध्यान नदिएको स्थानीयको गुनासो छ । तत्कालीन युवराज वीरेन्द्रले उद्घाटन गरेको ऐतिहासिक शिलालेख फुटेर जीर्ण बनेपछि टुक्राटुक्रा अवस्थामा रहेको र अहिले टालटुल गरेर राखिएको छ ।कन्याम चिया बगानका स्टाफ होमप्रसाद रिजालका अनुसार राजाको पालामा राखिएको उक्त शिलालेख समय क्रममा फुटेर टुक्राटुक्रा भएको हो । फुटेका टुक्राकम्पनी परिसरमै यताउता छरिएर रहेको अवस्थामा पछि संकलन गरी जोडजाड गरेर पुनः खडा गरिएको छ ।“वीरेन्द्रले उद्घाटन गरेको शिलालेख थियो । पछि फुटेर गयो। त्यसका टुक्राहरू यताउता छरिएर रहेका रहेछन्,” रिजालले भने, “पछि कम्पनीकै तर्फबाट टुक्राहरू ल्याएर जोडजाड गरी राखिएको छ ।”

    images
    images

    तत्कालीन युवराज वीरेन्द्र र युवराज्ञी ऐश्वर्यले विसं २०२८ सालमा वृक्षरोपण गरेको पहिलो चियाको बोट ‘मदर बुश’ समेत काटेर मासिएको बताए ।उनले ऐतिहासिक सम्पदाको संरक्षणमा स्थानीय सरकार र चिया बगान कम्पनी दुवैको समन्वय आवश्यक रहेको बताए । कन्यामको पर्यटन प्रवर्द्धनसँगै यहाँ रहेका ऐतिहासिक संरचना तथा शिलालेखको संरक्षणमा पनि सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend