images

२०८३ आश्विन १८ गते

images
images
images

फिल्म ‘परिवार’को दसैँ गीत ‘रातो टीका’ सार्वजनिक, कार्तिक १३ देखि प्रदर्शन हुने

फिल्म ‘परिवार’को दसैँ गीत ‘रातो टीका’ सार्वजनिक, कार्तिक १३ देखि प्रदर्शन हुने

images
images
आइतवार, आश्विन १८ २०८३
आइतवार, आश्विन १८ २०८३
  • काठमाडौँ । आगामी कार्तिक १३ गतेदेखि सार्वजनिक प्रदर्शन हुने फिल्म ‘परिवार’को दसैँ गीत ‘रातो टीका’ सार्वजनिक भएको छ । बाबुल गिरीको स्वर, शब्द र संगीत रहेको गीतमा बाबुललाई स्वरमा गायिका बबी लिम्बुले साथ दिएकी छन् ।डान्सिङ नम्बरको रुपमा प्रस्तुत गरिएको गीतमा दसैँको टिका लगाएपछिको रमाइलो माहोललाई प्रस्तुत गरिएको छ । गीतमा फिल्मका कलाकारहरू कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, लक्ष्मीनाथ तिमिल्सिना, विनिता बस्नेत लगायतको अभिनय छ । गीतमा प्रयोग गरिएका लिङ्गे पिङ, चिटिक्क सजाइएका घर, सफा आँगनले गाउँको झल्को दिन्छ ।

    images
    images

    रे अफ आर्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म निर्माणमा शाही फिल्म प्रोडक्सन र विशआई फिल्मसले पनि सहकार्य गरेका छन् । मदन थापाको निर्देशन रहेको फिल्ममा कामेश्वर चौराशिया, लक्ष्मी बर्देवा, विनिता बस्नेत, लुनिभा तुलाधर, लक्ष्मीनाथ तिमिल्सिना, बारिश सोना र प्रियान्शु थापालगायतका कलाकारहरुको अभिनय छ ।फिल्ममा प्रेम थापा र गणेश उपाध्यायको लेखन, निरज कँडेलको डीओपी, विशेष महर्जन र जयन्द्र कुँवरको छायांकन, एनबी महर्जनको एक्सन छ । रमेश शाही निर्माता रहेको फिल्ममा कैलाश रावल कार्यकारी निर्माता र आरम्भ रिजाल सह–निर्माताको रुपमा छन् ।

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend