काठमाडौं । कर्णाली क्षेत्रका रमणीय प्राकृतिक दृश्यलाई पृष्ठभूमिमा समेटेर तयार पारिएको नयाँ प्रेमिल म्युजिक भिडियो ‘साक्षी राखी माया मेरो’ आज दिउँसो ४ः३० बजे सार्वजनिक हुने भएको छ। एभरेष्ट ग्यालरीमार्फत सार्वजनिक हुन लागेको गीतमा सुजाता केसी र सबिन सुवेदीको युगल स्वर रहेको छ।
प्रेम, सम्बन्ध र भावनात्मक अनुभूतिलाई केन्द्रमा राखेर तयार गरिएको गीतमा गजेन्द्र रञ्जितको शब्द रचना तथा राजेन्द्र बजगाईंको संगीत रहेको छ। गीतको भिडियो कर्णाली क्षेत्र आसपासका आकर्षक प्राकृतिक दृश्यमा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ।
म्युजिक भिडियोमा नेपाल सरकारका सहसचिव, हुलाकी राजमार्ग आयोजना प्रमुख तथा सार्वजनिक यातायात प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुबेर नेपाली र लोकप्रिय कलाकार तथा मोडल झरना रिशालको अभिनय रहेको छ। उनीहरूको अभिनयले गीतमा प्रस्तुत प्रेमकथा र भावनात्मक सम्बन्धलाई थप जीवन्त बनाउने अपेक्षा गरिएको छ।
कर्णाली क्षेत्रको प्राकृतिक सौन्दर्यलाई दृश्यात्मक रूपमा प्रस्तुत गरिएको भिडियोले गीतको भाव र कथालाई थप प्रभावकारी बनाउने निर्माण पक्षको विश्वास छ। प्रेम र आत्मीय सम्बन्धका विभिन्न अनुभूतिलाई समेटिएको गीतले दर्शक तथा स्रोताको मन जित्ने अपेक्षा गरिएको छ।
निर्माण पक्षले आफ्ना अघिल्ला सिर्जनालाई जस्तै यस नयाँ प्रस्तुतिलाई पनि दर्शक तथा स्रोताले माया, साथ र सकारात्मक प्रतिक्रियामार्फत हौसला प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।
‘साक्षी राखी माया मेरो’ गीत आज सार्वजनिक भएसँगै यसले नेपाली सांगीतिक क्षेत्रमा प्रेमिल सिर्जनाका रूपमा दर्शक तथा स्रोतामाझ आफ्नो उपस्थिति जनाउने अपेक्षा गरिएको छ।




.gif)





