images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • ‘नेपालकै सबैभन्दा निजी क्षेत्रमैत्री सरकार’ भएको...

‘नेपालकै सबैभन्दा निजी क्षेत्रमैत्री सरकार’ भएको अर्थमन्त्री वाग्लेको दाबी

‘नेपालकै सबैभन्दा निजी क्षेत्रमैत्री सरकार’ भएको अर्थमन्त्री वाग्लेको दाबी

images
images
शुक्रवार, आश्विन १६ २०८३
शुक्रवार, आश्विन १६ २०८३
  • काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको वर्तमान सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदै गएको दाबी गरेका छन्।शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानुनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले सो दाबी गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीलाई बहुमत मिल्नुका पछाडि पुराना राजनीतिक दलहरूले गरेको बेथितिको परिणाम मात्र नभई भविष्यप्रतिको आशा पनि रहेको उनले बताए। आगामी दशकमा मुलुकको सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्दै केही वर्षमै नेपालको अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर पुर्‍याउने सरकारको लक्ष्य रहेको जानकारी उनले दिए।

    images
    images

    नेपालमा दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्न विगतका विकास मोडलको हुबहु अनुकरण गर्न सम्भव नरहेको भन्दै २१ औँ शताब्दीका नयाँ आर्थिक सम्भावनामा केन्द्रित हुन आवश्यक रहेको अर्थमन्त्री वाग्लेले स्पष्ट पारे। नेपालको विशिष्ट भौगोलिक अवस्थालाई ध्यानमा राख्दै डिजिटल अर्थतन्त्र, सेवाको अन्तर्राष्ट्रिय व्यापार तथा प्रविधिमा आधारित नयाँ आर्थिक क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख स्रोत बनाइने उनले बताए। डिजिटल प्रविधिको विस्तारसँगै सेवाको व्यापार अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सहज बन्दै गएकाले सरकारले त्यस क्षेत्रबाट ठुलो लाभ लिन सक्ने उनको भनाइ छ।उनले भने, ‘नेपालको इतिहासमा यो सबैभन्दा निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार हो भनेर हामीले दाबी गर्ने गरेका थियौँ। त्यो दाबीअनुरूप हामी अहिले सोही बाटोमा हिँडिरहेका छौँ र निजी क्षेत्रले समेत यो कुराको पुष्टि गरिरहनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीलाई प्राप्त जनादेश केवल पुरानो बेथितिविरुद्धको आक्रोश मात्र नभई भविष्यप्रतिको आशा पनि हो। आगामी १० वर्षमा औसत सात प्रतिशतको वास्तविक आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य विनाआधार तय गरिएको होइन, यसले विश्वका तीव्र आर्थिक वृद्धि हासिल गरेका मुलुकहरूको लय समात्न खोजेको छ।’सरकारले राखेको सात प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न सरकार र निजी क्षेत्रबिच थप सहकार्य, लगानी र नीतिगत स्पष्टता आवश्यक रहेकोमा अर्थमन्त्री वाग्लेले जोड दिए।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend