images

२०८३ आश्विन १६ गते

images
images
images
  • प्रविधि
  • इनड्राइभको ‘सुनको सवारी’ अभियान, राइड पूरा...

इनड्राइभको ‘सुनको सवारी’ अभियान, राइड पूरा गरे ५ ग्राम सुनदेखि स्मार्ट टीभीसम्म जित्ने मौका

इनड्राइभको ‘सुनको सवारी’ अभियान, राइड पूरा गरे ५ ग्राम सुनदेखि स्मार्ट टीभीसम्म जित्ने मौका

images
images
शुक्रवार, आश्विन १६ २०८३
शुक्रवार, आश्विन १६ २०८३
  • काठमाडौँ । इनड्राइभले नेपालीहरूको महान् चाड दशैं–तिहारको अवसर पारेर यात्रुहरूका लागि विशेष चाडपर्व अभियान ‘सुनको सवारी’ सुरु गरेको छ। कम्पनीका अनुसार यात्रुहरूको दैनिक यात्रालाई थप उत्साहपूर्ण र यादगार बनाउने उद्देश्यले यो अभियान ल्याइएको हो।अभियानअन्तर्गत यात्रुहरूले इनड्राइभमार्फत राइड्स पूरा गरी ५ ग्रामका सुनका सिक्का, सामसुङ स्मार्ट टिभी र स्मार्टवाच लगायतका आकर्षक उपहार जित्ने अवसर प्राप्त गर्नेछन्। छ हप्तासम्म सञ्चालन हुने यो क्याम्पेन अक्टोबर १ देखि नोभेम्बर ११ सम्म जारी रहनेछ। दशैं र तिहारको समयमा किनमेल, परिवार तथा आफन्तसँगको भेटघाट, टीका तथा अन्य ‘सुनको सवारी’ क्याम्पेनअन्तर्गत यात्रुहरूले हरेक हप्ता पूरा गर्ने राइड्सको संख्याका आधारमा विभिन्न लक्की ड्रमा सहभागी हुने अवसर प्राप्त गर्नेछन्।

    images
    images

    एक हप्तामा ५ वा सोभन्दा बढी राइड्स पूरा गर्ने यात्रुहरू ५ ग्राम सुनको सिक्का जित्ने लक्की ड्रका लागि योग्य हुनेछन्। त्यस्तै, ३ वा सोभन्दा बढी राइड्स पूरा गर्ने यात्रुहरू ३२ इन्च सामसुङ स्मार्ट टिभी जित्ने अवसरका लागि सहभागी हुन सक्नेछन् भने कम्तीमा एउटा राइड पूरा गर्ने यात्रुहरू स्मार्टवाच लक्की ड्रमा सहभागी हुनेछन्। छ हप्ताको अवधिमा यात्रुहरूलाई कुल ६ वटा ५ ग्राम सुनका सिक्का ६ वटा ३२ इन्च सामसङ स्मार्ट टिभी र १२ वटा स्मार्टवाच प्रदान गरिने कम्पनीले जनाएको छ। यस क्याम्पेनमा चाडपर्वको शुभ अवसर, उत्साह र भाग्यको भावनालाई केन्द्रमा राखिएको छ। योग्य यात्रुहरूले आफ्नो नियमित यात्रामार्फत विभिन्न उपहार जित्ने अवसर प्राप्त गर्नेछन्।इनड्राइभ नेपालकी मार्केटिङ म्यानेजर श्रेया मानन्धरले भनिन्, “दशैं र तिहार नेपालीहरूको लागि परिवार, आफन्त र समुदायसँग जोडिने विशेष समय हो। ‘सुनको सवारी’ मार्फत हामी यात्रुहरूको चाडपर्वका यात्राहरूलाई अझ रमाइलो र विशेष बनाउन चाहन्छौं। यात्रुहरूले आफ्नो नियमित यात्रामार्फत विभिन्न उपहार जित्ने अवसर पाउनुहुनेछ, जसले दैनिक यात्रामा थप उत्साह र खुसी थप्नेछ।'

    कम्पनीका अनुसार ‘सुनको सवारी’ क्याम्पेन नेपाली चाडपर्वसँग जोडिएको समृद्धि, शुभता र भाग्यको सांस्कृतिक भावनाबाट प्रेरित रहेको छ। दशैंको समयमा खेलिने रमाइलो तथा भाग्यसँग सम्बन्धित गतिविधिहरू र तिहारमा सुनलाई समृद्धि तथा शुभताको प्रतीकका रूपमा हेर्ने परम्परालाई यात्रासँग जोड्दै इनड्राइभले यो अवधारणा प्रस्तुत गरेको हो।क्याम्पेन अवधिभर इनड्राइभले आफ्ना सामाजिक सञ्जाल प्लेटफर्ममार्फत विजेताहरूको घोषणा गर्नेछ। साथै, डिजिटल सामग्री, इन्फ्लुएन्सरमार्फत प्रचार तथा अन्य क्याम्पेन गतिविधिहरू सञ्चालन गरिनेछन्। छनोट भएका इन्फ्लुएन्सरहरूले विजेताहरूसँग जोडिँदै उनीहरूको खुसीका क्षणहरूलाई प्रस्तुत गर्नेछन्।

    images
    images

    कसरी सहभागी हुने?

    यात्रुहरूले क्याम्पेन अवधिभर इनड्राइभमार्फत यात्रा पूरा गरेपछि स्वतः लक्की ड्रका लागि योग्य हुनेछन्।

    - ५ वा सोभन्दा बढी राइड्स पूरा गरेमाः ५ ग्राम सुनको सिक्का जित्ने अवसर

    - ३ वा सोभन्दा बढी राइड्स पूरा गरेमाः ३२ इन्च सामसुङ स्मार्ट टिभी जित्ने अवसर

    - १ वा सोभन्दा बढी राइड पूरा गरेमाः स्मार्टवाच जित्ने अवसर

    इनड्राइभमार्फत चाडपर्वका यात्राहरू पूरा गर्दै जाँदा यात्रुहरूले सम्बन्धित साप्ताहिक लक्की ड्रमा सहभागी हुने थप अवसर प्राप्त गर्नेछन्।

    ‘सुनको सवारी’ क्याम्पेन नोभेम्बर ११, २०२६ सम्म सञ्चालन हुनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend