विराटनगर । कोशी प्रदेश योजना आयोगका नवनियुक्त सदस्य तोयानाथ खतिवडा ‘रुपेश’ र हरिकुमारी राईले पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार आयोजित समारोहमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उनीहरूलाई शपथ गराएका हुन्।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले खतिवडा र राईलाई आयोग सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो। यसअघि कांग्रेस निकट दुई सदस्यले राजीनामा दिएपछि रिक्त पदमा उनीहरू नियुक्त भएका हुन्। बैठकले मुख्यमन्त्री सम्मेलन असोज २७ र २८ गते गर्ने निर्णयसमेत गरेको छ।




.gif)



