images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • म्यादी प्रहरी खरिद विवाद छानबिन गर्न...

म्यादी प्रहरी खरिद विवाद छानबिन गर्न मनिष झाको नेतृत्वमा ९ सदस्यीय समिति गठन

म्यादी प्रहरी खरिद विवाद छानबिन गर्न मनिष झाको नेतृत्वमा ९ सदस्यीय समिति गठन

images
images
शुक्रवार, आश्विन १६ २०८३
शुक्रवार, आश्विन १६ २०८३
  • काठमाडौँ । गत फागुनको चुनावमा निर्वाचन प्रहरी (म्यादी) को खरिद प्रकरणमा देखिएको विवाद अध्ययन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन गरेको छ। समितिको सदस्यहरूमा सांसदहरू खगेन्द्र सुनार, ऐन महर,योगेश गौचन थकाली,आर्यन राई,खुश्बु ओली,रमेशकुमार मल्ल, गणेश धिमाल, महेन्द्रबहादुर शाही छन् ।

    images
    images

    दुई महिनाभित्र अध्ययन गरी प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ । आजको बैठकमा पनि सांसद खगेन्द्र सुनारले आईजीपी दानबहादुर कार्कीमाथि छानबिन गर्न समितिको माग गरेका थिए । आफूले प्रमाणसहित आएका उजुरीमा पटकपटक कुरा उठाउँदा पनि चासो नराखिएको भन्दै उनले असन्तुष्टि पोखेका थिए । यसअघिका ३ जना आईजीपी भ्रष्टाचार केसमै जेल गएको भन्दै सुनारले कसको इन्ट्रेस्ट के छ भन्ने समेत आफूले राम्ररी बुझेको जिकिर गरे । समिति गठनको लागि छलफलको क्रममा उनले आफैँलाई संयोजक बनाउनुपर्नेसमेत अडान राखेका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend