images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • दसैँमा काठमाडौँ छाड्ने नागरिकलाई प्रहरीको १३...

दसैँमा काठमाडौँ छाड्ने नागरिकलाई प्रहरीको १३ बुँदे सुझाव

दसैँमा काठमाडौँ छाड्ने नागरिकलाई प्रहरीको १३ बुँदे सुझाव

images
images
शुक्रवार, आश्विन १६ २०८३
शुक्रवार, आश्विन १६ २०८३
  • काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँ दसैँ विशेष सुरक्षा योजना सार्वजनिक गर्दै उपत्यका बाहिर जाने नागरिकलाई १३ बुँदे सुरक्षा सुझाव दिएको छ । शुक्रबार सार्वजनिक गरिएको सुझावमा बहुमूल्य गरगहना, नगद तथा महत्त्वपूर्ण कागजात घरमा नराखी बैंकको लकरमा सुरक्षित राख्न आग्रह गरिएको छ । घर वा कोठाका ढोका–झ्याल सुरक्षित गरी विश्वसनीय छिमेकी वा प्रहरीलाई आफू बाहिर जान लागेको जानकारी गराउन पनि प्रहरीले अनुरोध गरेको छ ।प्रहरीका सुझावमा अपरिचित व्यक्तिलाई घर, कोठा वा कार्यालयमा प्रवेश नदिन, शङ्कास्पद गतिविधि देखिएमा तत्काल नजिकको प्रहरी वा १०० मा जानकारी दिन भनिएको छ । त्यस्तै, जुवा,तास,लङ्गुरबुर्जा जस्ता गैरकानुनी गतिविधिबाट टाढा रहन, मदिरा सेवनपछि झगडा, होहल्ला तथा असामाजिक व्यवहार नगर्न र यात्रामा निस्कँदा नगद, गहना तथा बहुमूल्य सामग्रीको सुरक्षित व्यवस्थापन गर्न प्रहरीले आग्रह गरेको छ ।

    images
    images

    कुनै पनि वस्तुमा मूल्यसूचीभन्दा बढी रकम लिएमा वा ठगी भएको शङ्का लागेमा तत्काल प्रहरी वा सम्बन्धित निकायमा जानकारी गराउन, अनलाइन किनमेल गर्दा फेक वेबसाइट, लिङ्क वा सामाजिक सञ्जालका ‘लोभलाग्दा अफर’मा नफस्न पनि सुझाव दिइएको छ ।नक्कली टिकट, ठगी वा अवैध कारोबारबाट सचेत रहन, सवारी चलाउँदा मदिरा सेवन नगर्न र ट्राफिक नियम पालना गर्न प्रहरीले आग्रह गरेको छ । भीडभाड हुने स्थानमा आफ्नो सामानसँगै बालबालिका तथा ज्येष्ठ नागरिकको विशेष ख्याल गर्न र पटका तथा आतसबाजीजस्ता जोखिमपूर्ण सामग्री प्रयोग नगर्न पनि सुझाव दिइएको छ ।प्रहरीले ‘हाम्रो सुरक्षा, हाम्रो जिम्मेवारी’ भन्दै प्रहरीसँग सहकार्य गर्न आग्रह गरेको छ । ‘छिटो कमाइ’, ‘लक्की अफर’, ‘उपहार जितियो’ जस्ता सन्देश प्रायः ठगीको माध्यम हुन सक्ने भन्दै त्यस्ता सन्देशप्रति सावधान रहनसमेत अनुरोध गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend