images

२०८३ आश्विन १६ गते

images
images
images

कृष्ण भुसाललाई ‘गीतकार सङ्घ नेपाल पत्रकारिता सम्मान–२०८२’

कृष्ण भुसाललाई ‘गीतकार सङ्घ नेपाल पत्रकारिता सम्मान–२०८२’

images
images
शुक्रवार, आश्विन १६ २०८३
शुक्रवार, आश्विन १६ २०८३
  • काठमाडौं । मिलाप मासिकका सम्पादक तथा हिमालय टाइम्सका उपसम्पादक कृष्ण भुसाल ‘गीतकार सङ्घ नेपाल पत्रकारिता सम्मान(२०८२’ बाट सम्मानित भएका छन् । गीतकार सङ्घ नेपालको १७औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा भुसाललाई नेपाली गीत–सङ्गीत, साहित्य तथा स्रष्टासम्बन्धी विषयलाई पत्रकारितामार्फत प्रवर्द्धन गर्न पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

    images
    images

    गीतकार सङ्घ नेपालले आयोजना गरेको वार्षिकोत्सव समारोहमा नेपाली गीत–सङ्गीत तथा साहित्य क्षेत्रको विकास, प्रवर्द्धन र संरक्षणमा योगदान पुर्‍याउने विभिन्न स्रष्टा, गीतकार तथा योगदानकर्तालाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरेको थियो । सोही अवसरमा पत्रकारितामार्फत नेपाली गीत–सङ्गीत र साहित्यिक गतिविधिलाई निरन्तर स्थान दिँदै आएका भुसाललाई पत्रकारिता सम्मान प्रदान गरिएको हो ।

    लामो समयदेखि नेपाली पत्रकारितामा सक्रिय भुसालले विशेषगरी साहित्य, गीत–सङ्गीत, कला तथा सिर्जनात्मक क्षेत्रसँग सम्बन्धित गतिविधिलाई सञ्चारमाध्यम मार्फत आम पाठकसम्म पुर्‍याउँदै आएका छन् । उनले समाचार, अन्तर्वार्ता, समीक्षा तथा विभिन्न साहित्यिक सामग्रीमार्फत नेपाली स्रष्टा र सिर्जनाका विषयलाई सार्वजनिक बहस तथा सञ्चारको दायरामा ल्याउन भूमिका खेल्दै आएका छन् ।

    images
    images

    सम्मान ग्रहणपछि भुसालले आफूलाई उक्त सम्मानका लागि योग्य सम्झिएकोमा निर्णायक समिति तथा गीतकार सङ्घ नेपालको सम्पूर्ण कार्यसमितिप्रति हार्दिक आभार व्यक्त गरे । उनले आफूले पत्रकारितामार्फत गर्दै आएको कर्मलाई सम्मानले थप ऊर्जा र जिम्मेवारी दिएको बताए ।

    “यो सम्मान मेरो मात्र होइन, मेरो कलममाथि विश्वास गर्ने सम्पूर्ण शुभेच्छुक, सहकर्मी र पाठकप्रतिको पनि सम्मान हो,” भुसालले भने ।
    उनले पत्रकारिताको यात्रामा प्राप्त यस सम्मानलाई आगामी दिनमा अझ जिम्मेवार भएर काम गर्ने प्रेरणाका रूपमा लिएको बताए । नेपाली गीत(सङ्गीत, साहित्य र स्रष्टाका सिर्जना तथा गतिविधिलाई अझ प्रभावकारी ढङ्गले उजागर गर्न आफू निरन्तर सक्रिय रहने उनको भनाइ छ ।

    भुसालले गीत–सङ्गीत र साहित्यका क्षेत्रमा सिर्जनशील रूपमा काम गरिरहेका स्रष्टाहरूको योगदानलाई सञ्चारमाध्यमले निरन्तर प्राथमिकताका साथ उठाउनुपर्ने आवश्यकता रहेको समेत उल्लेख गरेका छन् । नेपाली गीत–सङ्गीत तथा साहित्यको समृद्धिका लागि सिर्जनाकर्मसँगै त्यसको दस्तावेजीकरण, प्रचार–प्रसार र सार्वजनिक पहुँच पनि उत्तिकै महत्वपूर्ण हुने उनको धारणा छ । पत्रकारितासँगै साहित्यमा समेत विशेष रुचि राख्ने भुसालका जीवनदर्शन, समाज र समसामयिक परिवेशसँग सम्बन्धित कविता विभिन्न सञ्चारमाध्यममा प्रकाशित हुँदै आएका छन् । उनका रचनामा सामाजिक परिवेश, मानवीय संवेदना, जीवनका विविध आयाम तथा समसामयिक विषयले स्थान पाउने गरेका छन् ।

    भुसालले पत्रकारितामा समाचार लेखन र सम्पादनसँगै साहित्यिक गतिविधिमा पनि सक्रिय सहभागिता जनाउँदै आएका छन् । विभिन्न स्रष्टाका विभिन्न विधाका डेढ दर्जन भन्दा बढी पुस्तक सम्पादनमा समेत उनले योगदान दिएका छन् । यसले उनको पत्रकारिता र साहित्यप्रतिको रुचि तथा संलग्नतालाई थप प्रस्ट पार्छ ।
    गीतकार सङ्घ नेपालले आफ्नो १७औँ वार्षिकोत्सवका अवसरमा विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गर्दै नेपाली गीत–सङ्गीत क्षेत्रमा योगदान पुर्‍याउने स्रष्टा तथा व्यक्तित्वलाई सम्मान गरेको छ । वार्षिकोत्सव समारोह गीत(सङ्गीत क्षेत्रका स्रष्टा, गीतकार, कलाकार तथा साहित्यप्रेमीहरूको सहभागितामा सम्पन्न भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend