images

२०८३ आश्विन १६ गते

images
images
images
  • स्वास्थ्य
  • छात्रवृत्ति करार तथा ज्यालादारी चिकित्सकलाई प्रोत्साहन...

छात्रवृत्ति करार तथा ज्यालादारी चिकित्सकलाई प्रोत्साहन भत्ता दिन चिकित्सक संघको माग

छात्रवृत्ति करार तथा ज्यालादारी चिकित्सकलाई प्रोत्साहन भत्ता दिन चिकित्सक संघको माग

images
images
शुक्रवार, आश्विन १६ २०८३
शुक्रवार, आश्विन १६ २०८३
  • काठमाडौँ । नेपाल सरकार मातहत छात्रवृत्ति करार तथा ज्यालादारी सेवामा कार्यरत चिकित्सकहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउन नेपाल चिकित्सक संघले सरकारसँग माग गरेको छ। संघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै लामो समयदेखि स्वास्थ्य सेवामा खटिँदै आएका करार तथा ज्यालादारी चिकित्सकहरूलाई प्रोत्साहन भत्ताबाट वञ्चित गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको ‘नेपाल सरकारबाट छात्रवृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका, २०७१’ बमोजिम करार सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सरकारको सम्बन्धित सेवा तथा समूहको सुरु तलब स्केल बराबर तलब, स्थानीय भत्ता लगायत अन्य भत्ता र सुविधा पाउने व्यवस्था रहेको छ।

    images
    images

    तर, सरकारी स्वास्थ्य संस्थाहरूमा कार्यरत करार तथा ज्यालादारी चिकित्सकहरूलाई हालसम्म प्रोत्साहन भत्ता लगायतका सुविधाहरूबाट वञ्चित गरिएको भन्दै संघले आपत्ति जनाएको छ।स्वास्थ्य सेवा जस्तो अत्यन्त संवेदनशील क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न र सेवा प्रवाहलाई प्रभावकारी बनाउन समान कामका लागि समान सुविधा सुनिश्चित गर्नुपर्ने दायित्व सरकारकै भएको संघको ठहर छ।छात्रवृत्ति करार र ज्यालादारीमा कार्यरत चिकित्सकहरू पनि नियमित रूपमा स्वास्थ्य सेवामा अनवरत खटिरहेकाले उनीहरूमाथि विभेद नगरी अन्य चिकित्सक सरह समान व्यवहार गर्नुपर्ने संघले उल्लेख गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend