images

२०८३ आश्विन १५ गते

images
images
images
  • स्वास्थ्य
  • नर्भिक अस्पतालमा ज्येष्ठ नागरिकलाई तीन दिन...

नर्भिक अस्पतालमा ज्येष्ठ नागरिकलाई तीन दिन निःशुल्क ओपीडी सेवा

नर्भिक अस्पतालमा ज्येष्ठ नागरिकलाई तीन दिन निःशुल्क ओपीडी सेवा

images
images
मंगलवार, आश्विन १३ २०८३
मंगलवार, आश्विन १३ २०८३
  • काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले अक्टोबर १ मा मनाइने विश्व ज्येष्ठ नागरिक दिवसका अवसरमा निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएको छ ।हस्पिटलले ३० सेप्टेम्बरदेखि २ अक्टोबरसम्म (असोज १४ देखि १६) ६५ वर्ष वा त्यसभन्दा माथिका ज्येष्ठ नागरिकका लागि निःशुल्क ओपीडी सञ्चालन गर्न लागेको हो । साथै उक्त अवसरमा परीक्षणमा १० प्रतिशत छुट पनि उपलब्ध गराइने हस्पिटलले जनाएको छ ।

    images
    images

    निःशुल्क ओपीडी बिहान ८ देखि ११ बजेसम्म र दिउँसो २ देखि ४ बजेसम्म सञ्चालन हुनेछ ।उमेर बढेसँगै विभिन्न स्वास्थ्य समस्याको जोखिम रहने भएकाले ज्येष्ठ नागरिकले समय–समयमा स्वास्थ्य परीक्षण गराउनुपर्ने कन्सल्टेन्ट जेरियाट्रिक केयर फिजिसियन डा. विन्दु पाण्डेले बताइन् ।निःशुल्क ओपीडी सेवा लिन ०१–५९७००३२ र ९८०२१७००३२ मा सम्पर्क गर्न हस्पिटलले आग्रह गरेको छ ।हस्पिटलले ६५ वर्षमाथिका ज्येष्ठ नागरिकको विशेष स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै जेरियाट्रिक केयर सेवा पनि सञ्चालन गर्दै आएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend