स्वास्थ्य बीमा बोर्डका करार कर्मचारीहरूले आफ्ना सेवा–सुविधा र तलबसम्बन्धी माग नसुनेको भन्दै 'पेन डाउन' आन्दोलन सुरु गरेका छन्। बोर्ड व्यवस्थापनलाई बुधबार २४ घण्टे अल्टीमेटम सहित ज्ञापनपत्र बुझाएका उनीहरू, तोकिएको समयसीमाभित्र माग सम्बोधन नभएपछि बिहीबार दिउँसो ४ बजेदेखि आन्दोलनमा उत्रिएका हुन्।माग पूरा नभएसम्म कार्यालयका कुनै पनि कामकाज नगर्ने उनीहरूले बताएका छन् भने आन्दोलनबाट सिर्जना हुने सम्पूर्ण परिस्थितिको जिम्मा बोर्ड व्यवस्थापनले लिनुपर्ने स्पष्ट पारेका छन्।
कर्मचारीका प्रमुख माग
महँगी भत्ता: सर्वोच्च अदालतको आदेशअनुसार करार कर्मचारीलाई पनि महँगी भत्ता उपलब्ध गराउनुपर्ने।
नयाँ तलबमान तथा प्रोत्साहन: आर्थिक वर्ष २०८३/८४ को बजेटअनुसार नयाँ तलबमान र १० प्रतिशत प्रोत्साहन भत्ता लागू गर्नुपर्ने।
बक्यौता भुक्तानी: साउन १ गतेदेखि रोकिएको तलब, महँगी, प्रोत्साहन, फिल्ड तथा स्थानीय भत्ता तत्काल भुक्तानी गर्नुपर्ने।
सामाजिक सुरक्षा र बिदा: कार्यविधिले तोकेअनुसार योगदानमा आधारित सामाजिक सुरक्षा कोष र बिदा सुविधा कार्यान्वयन गर्नुपर्ने।
सुरक्षित कार्य वातावरण: कर्मचारीमाथिको अनुचित दबाब र व्यवहार बन्द गरी सम्मानजनक कार्य वातावरण सुनिश्चित गर्नुपर्ने।




.gif)





