काठमाडौँ । मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय खोलेसिमलमा ऋण अधिकृत क्षितिज पौडेल भरतपुर अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णयअनुसार पौडेले अध्यक्षमा नियुक्त भएका हुन् । मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय खोलेसिमलमा बुझ्दा उनी हाल बिरामी बिदामा थिए । अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै अस्पतालको व्यवस्थापन, विकास तथा सेवा विस्तारमा समितिले आवश्यक भूमिका निर्वाह गर्नेछ ।
नवनियुक्त अध्यक्ष तथा सदस्यहरूले अस्पतालको सेवा गुणस्तरीय, व्यवस्थित र नागरिकमैत्री बनाउन आवश्यक समन्वय तथा सहजीकरण गर्ने अपेक्षा गरिएको छ । भरतपुर अस्पताल सङ्घीय सरकारअन्तर्गत सञ्चालन हुँदै आएको प्रमुख सरकारी अस्पताल हो ।




.gif)



