काठमाडौँ । करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्म दैनिक १ लाख रुपैयाँ पुरस्कार पाउने १५ जना विजेता घोषणा भएका छन् ।अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा असोज महिनाको पहिलो १५ दिनको करदाता प्रोत्साहन उपहार घोषणा गरिएको हो ।कार्यक्रमअन्तर्गत पर्साका लालबाबु साह कानुलाई १० लाख रुपैयाँको १५ दिनको बम्पर उपहार परेको छ । उनले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा तिरेको रकमको कारोबार बम्पर उपहारका लागि छनोट भएको हो ।
आन्तरिक राजस्व विभागका अनुसार असोज १ देखि १५ गतेसम्म अनलाइन र नगद खरिदमा सहभागी भएर बिल लिएका उपभोक्ताका ३ करोड १८ लाख १८ हजार २८६ कारोबार उपहार कार्यक्रमका लागि योग्य थिए ।
दैनिक १ लाख रुपैयाँ पुरस्कार पाउने १५ जना विजेताको कुपन सूची–





.gif)





