images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • बागमती नीति तथा योजना आयोगको उपाध्यक्षमा...

बागमती नीति तथा योजना आयोगको उपाध्यक्षमा देवराज रोका नियुक्त

बागमती नीति तथा योजना आयोगको उपाध्यक्षमा देवराज रोका नियुक्त

images
images
शुक्रवार, आश्विन १६ २०८३
शुक्रवार, आश्विन १६ २०८३
  • काठमाडौँ । बागमती प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा देवराज रोका नियुक्त भएका छन् । काठमाडौँको पेप्सीकोलाका स्थायी बासिन्दा रोकालाई मुख्यमन्त्री किरण थापा मगरले नियुक्त गरेका हुन् ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले रोकालाई उपाध्यक्ष पदमा नियुक्त गरेको हो । उनीसँगै आयोगको सदस्यमा तीन जना नियुक्त भएका छन् । आयोगको सदस्यमा सुनिता गौतम, दीपक विक्रम थापा र सुरेन्द्रवर सिंह थापा नियुक्त भएका छन् ।

    images
    images

    नियुक्त भएका रोका र दीपक नेकपा एमालेबाट रहेका छन् भने सुरेन्द्रवर राप्रपाबाट तथा गौतम नेकपाको सिफारिसमा नियुक्त भएका हुन् ।नवनियुक्त उपाध्यक्ष रोका र सदस्यद्वयले पद तथा गोपनीयताको शपथसमेत गरेका छन् । आयोगमा नियुक्त भएकी एक सदस्यको भने शपथ केही समयपछि हुने जनाइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend