काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित विशेष कार्यक्रमका बिच आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले सो प्रतिवेदन पेस गरेका हुन्।
प्रतिवेदन पेस गर्ने क्रममा कार्यवाहक अध्यक्ष न्यौपानेले वर्षभरि भाषा संरक्षण, संवर्द्धन र विकासका क्षेत्रमा आयोगले गरेका प्रमुख कामहरूका साथै भाषिक नीतिका सम्बन्धमा हासिल भएका उपलब्धिबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए। संवैधानिक व्यवस्थाअनुसार भाषा आयोगले प्रत्येक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिका समक्ष पेस गर्नुपर्ने प्रावधान रहेको छ।




.gif)



