images

२०८३ आश्विन १५ गते

images
images
images
  • कला / संस्कृति
  • भक्तपुरमा पहिलोपटक ‘म्युजिक जात्रा–ख्वपः’, कुमा सागरको...

भक्तपुरमा पहिलोपटक ‘म्युजिक जात्रा–ख्वपः’, कुमा सागरको विशेष प्रस्तुति

भक्तपुरमा पहिलोपटक ‘म्युजिक जात्रा–ख्वपः’, कुमा सागरको विशेष प्रस्तुति

images
images
बुधवार, आश्विन १४ २०८३
बुधवार, आश्विन १४ २०८३
  • भक्तपुर । भक्तपुरको सल्लाघारी मैदानमा पहिलो पटक ठूलो स्तरको च्यारिटी साङ्गीतिक महोत्सव ‘म्युजिक जात्रा–ख्वपः’ आयोजना हुने भएको छ। क्लब बागमतीमा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी मङ्सिर १२ गते महोत्सव आयोजना गर्न लागिएको जानकारी आयोजकले दिएका हुन्।लुपिक्स इन्टरटेन्मेन्ट, दृष्टिकोण मिडिया र द रोयल इभेन्ट्सले संयुक्त रूपमा आयोजना गर्न लागेको यस कार्यक्रमको मुख्य आकर्षणका रूपमा 'कुमा सागर एण्ड द ख्वपः ब्याण्ड' रहनेछन्। भक्तपुरमै जन्मिएर विश्वभर चर्चित बनेका कुमा सागर एण्ड द ख्वपः ब्याण्डले गृहजिल्ला भक्तपुरमा पहिलो पटक आफ्नो साङ्गीतिक प्रस्तुति दिन लागेका हुन्। 

    images
    images

    उनको प्रस्तुतिलाई भक्तपुरको सांस्कृतिक र साङ्गीतिक पहिचानसँग जोडिएको विशेष अवसरका रूपमा हेरिएको छ। महोत्सवमा कुमा सागरका साथै 'मुक्ति एण्ड रिभाइभल' तथा 'निभाः डङ्गोल एण्ड चबाही दबु' ले समेत साङ्गीतिक प्रस्तुति दिनेछन्।सङ्गीतसँगै भक्तपुरको मौलिक संस्कृति, कला र समुदायलाई जोड्ने उद्देश्यले आयोजना गर्न लागिएको जात्रामा परम्परागत सांस्कृतिक प्रस्तुति, विभिन्न कलाकारका लाइभ साङ्गीतिक कार्यक्रम, खाना तथा जीवनशैलीसँग सम्बन्धित स्टलहरू रहने आयोजकले जनाएका छन्।मुख्य प्रायोजक 'एक्सट्रिम इनर्जी ड्रिङ्क' रहेको यस महोत्सवमा प्रवेशका लागि दर्शकले उक्त ड्रिङ्कको खाली क्यान ल्याए पुग्नेछ। मनोरञ्जनका साथै सामाजिक उद्देश्यसहित आयोजना गर्न लागिएको यस कार्यक्रमको व्यावसायिक आम्दानी अर्थात् प्रायोजन र स्टल भाडाबाट प्राप्त हुने रकमको ५० प्रतिशत भक्तपुरको समुदायमा आधारित पुनस्र्थापना संस्था (सीबीआरओ) लाई प्रदान गरिनेछ। यसका साथै कार्यक्रम अवधिभर डिजिटल डोनेसन प्लेटफर्ममार्फत दर्शकबाट प्राप्त हुने प्रत्यक्ष सहयोग रकमसमेत सोही संस्थालाई हस्तान्तरण गरिने आयोजकले जानकारी दिएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend