images

२०८३ आश्विन १५ गते

images
images
images

महिला कर्मचारीका लागि ‘महिनावारी बिदा’ प्रस्ताव

महिला कर्मचारीका लागि ‘महिनावारी बिदा’ प्रस्ताव

images
images
बिहिवार, आश्विन १५ २०८३
बिहिवार, आश्विन १५ २०८३
  • काठमाडौँ । सरकारले संसद्‌मा दर्ता गरेको ‘सङ्घीय निजामती सेवा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’मा महिला कर्मचारीलाई महिनावारी (रजस्वला) बिदा दिने नयाँ व्यवस्था प्रस्ताव गरेको छ ।विधेयकको बुँदा नम्बर १२५ मा निजामती कर्मचारीले पाउने बिदाको सूचीमा ‘महिनावारी/रजस्वला बिदा’ समावेश गरिएको हो । प्रचलित कानुनमा बिरामी बिदा, प्रसूति बिदा तथा प्रसूति स्याहार बिदाजस्ता सुविधाहरू मात्र सीमित थिए । 

    images
    images

    यदि यो विधेयक संसद्‌बाट पारित भएर ऐनका रूपमा लागू भएमा सरकारी सेवामा कार्यरत महिला कर्मचारीहरूले महिनावारीका समयमा अलग्गै बिदा पाउन सक्नेछन् । यस कदमले कार्यस्थलमा महिलाको स्वास्थ्य, सहजता र अधिकारलाई थप सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend