विराटनगर । कोशी प्रदेश योजना आयोगका दुई जनाले राजीनामा दिएका छन् । काङ्ग्रेसको कोटाबाट नियुक्त नारायण कोइराला र मनिता घिमिरेले बुधबारै राजीनामा दिएका हुन् ।
उनीहरूको ठाउँमा नेकपाको कोटाबाट मोरङका रूपेश खतिवडा र खोटाङकी हरिकुमारी राई नियुक्त हुने भएका हुन् । नेकपाले उनीहरूको नाम सिफारिस गरिसकेको जनाएको छ ।आजै बस्ने मन्त्री परिषद्को बैठकले उनीहरूको नियुक्तबारे निर्णय गर्ने स्रोतले जनाएकाे छ ।




.gif)



