काठमाडौँ । प्रहरीले काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर–२ स्थित सुरुङमार्गको चेकपोस्टबाट भन्सार छलीको सामान बरामद गरेको छ ।बिहीबार बिहान वीरगन्जबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बसबाट भन्सार छलीको १५ बोरा घडी, ४ कार्टुन अमूल चिज, ३ कार्टुन अमूल क्रिम र १ कार्टुन मिल्किस्ट बिस्कुट बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले बताए ।
वीरगन्जदेखि काठमाडौँ आउँदै गरेको बा.प्र.०३–००१ ख ३४९३ यात्रुवाहक बसको डिक्कीमा बिल बिजक बिनाको सामान भेटिएको हो । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा सो सामान भेटिएको हो ।प्रहरीले सो सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पठाएको छ । बरामद गरिएको घडी विभिन्न कम्पनीका छन् ।




.gif)



