images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • नेप्सेमा सामान्य हरियाली, कारोबार साढे ४...

नेप्सेमा सामान्य हरियाली, कारोबार साढे ४ अर्बमाथि

नेप्सेमा सामान्य हरियाली, कारोबार साढे ४ अर्बमाथि

images
images
बिहिवार, आश्विन १५ २०८३
बिहिवार, आश्विन १५ २०८३
  • काठमाडौं। आज सेयर बजार ०.२६ अकंले बढेर २५९९.१५ बिन्दुमा कायम भएको छ । बिहिबार ३५३ कम्पनीको १ करोड २० लाख ५१ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८९ करोडको कारोबार भएको हो ।आज ८ उपसूचक राताम्य भएका छन् भने एकउपसूचक स्थिर रहेको छ । ४ उपसूचकमा भने सामान्य सुधार देखिएको हो ।आज १३९ कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ कम्पनीको घटेको छ । १२ कम्पनीको सेयरको सेयर मूल्य स्थिर रहेको हो । आज सबैभन्दा धेरै सिद्धार्थ बैंकको सेयर कारोबार भएको छ । आज यस बैंकको ३० करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । अपि पावरको २२ करोडको सेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको २१ करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।आ

    images
    images

    ज सबैभन्दा धेरै कर्पोरेट डभेलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस बैंकका लगानीकर्ताले ९.३५ प्रतिशतका दरले कमाएका छन् । इमर्जिङ नेपालका लगानीकर्ताले ७.७१ प्रतिशतका दरले कमाएका हुन् । माथिल्लो मैलुङ खोलाका लगानीकर्ताले ७.५८ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै सयपत्री हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.६६ प्रतिशतका दरले गुमाएका हुन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend