images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी...

ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग

ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग

images
images
बिहिवार, आश्विन १५ २०८३
बिहिवार, आश्विन १५ २०८३
  • ताप्लेजुङ । पाथीभरा देवी दर्शन केबलकारले ताप्लेजुङको दोभान बजारका आगलागी पीडितलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।केबलकार प्रालिका प्रतिनिधिले बुधबार दोभान बजारमै पुगेर आगलागी पीडितका लागि ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। केबलकार कम्पनीका सञ्चालक रुद्र पौडेलले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको जानकारी दिए।

    images
    images

    कम्पनीले ताप्लेजुङमा विभिन्न सामाजिक तथा मानवीय कार्यमा समय–समयमा सहयोग गर्दै आएको जनाएको छ।ताप्लेजुङको दोस्रो ठुलो व्यापारिक केन्द्रका रूपमा रहेको दोभान बजारमा गत असोज ८ गते आगलागी भएको थियो। आगलागीबाट १० वटा घरमा क्षति पुगेको थियो । स्थानीय डण्डु शेर्पाको घरबाट विद्युत् सर्ट भई आगलागी सुरु भएको बताइएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend