images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • रिज लाइन इनर्जीले सेयरधनीलाई १२ करोड...

रिज लाइन इनर्जीले सेयरधनीलाई १२ करोड ४७ लाखको नगद लाभांश बाँड्ने

रिज लाइन इनर्जीले सेयरधनीलाई १२ करोड ४७ लाखको नगद लाभांश बाँड्ने

images
images
बिहिवार, आश्विन १५ २०८३
बिहिवार, आश्विन १५ २०८३
  • काठमाडौँ । रिज लाइन इनर्जी लिमिटेडले आफ्ना सेयरधनीहरूलाई १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश पारित गर्नका लागि कम्पनीले आगामी कात्तिक १७ गते आफ्नो पाँचौँ वार्षिक साधारण सभा बोलाएको छ।  ललितपुर महानगरपालिका–१, कुपण्डोलस्थित कुपण्डोल ब्याङ्क्वेटमा बस्ने सो सभामा सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफा–नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरूमाथि छलफल गरी पारित गरिनेछ।

    images
    images

    त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ ।सहायक कम्पनी स्थापना गर्नेसम्बन्धी सञ्चालक समितिको निर्णय अनुमोदन गर्ने तथा सर्वसाधारण सेयरधनीको तर्फबाट एक जना सञ्चालक निर्वाचित गर्ने प्रस्तावसमेत सभाको कार्यसूचीमा समावेश गरिएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरेअनुसार करसहित १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । कम्पनीका अनुसार प्रस्तावित लाभांशका लागि १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा रकम छुट्याइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend