images

२०८३ आश्विन १५ गते

images
images
images
  • शेयर
  • नेप्सेमा फेरि ४.८२ अंकको गिरावट, कारोबार...

नेप्सेमा फेरि ४.८२ अंकको गिरावट, कारोबार भने साढे ४ अर्बभन्दा माथि

नेप्सेमा फेरि ४.८२ अंकको गिरावट, कारोबार भने साढे ४ अर्बभन्दा माथि

images
images
बुधवार, आश्विन १४ २०८३
बुधवार, आश्विन १४ २०८३
  • काठमाडौँ ।  यो हप्ताको सुरुदेखि नै घटिरहेको सेयर बजार बुधबार पनि घटेर कारोबार भएको छ । अघिल्लो दिन एकल अंकले घटेको बजार आज पनि एकल अंकले नै घटेर बन्द भएको हो । बुधबारको कारोबार बन्द हुँदा नेप्से परिसूचक ४.८२ अंकले घटेर २५९८.८९ विन्दुमा पुगेको हो । आज सेयर बजारमा १५७ कम्पनीको सेयर मूल्य घटेको छ भने १०९ कम्पनीको बढेको छ । आज १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । 

    images
    images

    त्यस्तै आज सेन्सेटि भइन्डेक्स पनि २.०२ अंकले घटेर ४६४.६३ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये १० वटाको सेयर मूल्य घटेको छ भने ३ वटाको बढेको छ । परिसूचक घटेको दिन साढे ४ अर्ब माथिको कारोबार भएको छ । आज ३५२ कम्पनीका १ करोड २६ लाख ५५ हजार ३७४ कित्ता सेयर ४७ हजार ९०० पटक खरिद बिक्री हुँदा ४ अर्ब ७६ करोड ५१ लाख २७ हजार ८८५ रुपैयाँको कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend