काठमाडौं । फिल्म ‘कंगाल करोडपति’को छायांकन सुरु भएको छ । राजु श्रेष्ठको निर्देशन रहेको फिल्मको छायांकन बुधबारदेखि काठमाडौंको गोकणबाट सुरु भएको हो । निर्माण पक्षका अनुसार काठमाडौंको ४ दिनको छायांकनपछि फिल्मको टोली चितवन जानेछ ।फिल्मको छायांकन सेडुल ३५ दिन रहेको छ । प्रविण आचार्यको प्रस्तुतिमा बन्ने फिल्ममा मुकुन भुषाल, मन्जिल कुमार, सलिना तामाङ, आरती आचार्य, हिउँवाला गौतम, चन्द्रवीर सिंह, अनिल बुढाथोकी, रेयर राई, प्राप्ति श्रेष्ठ, पदम सिं, राजन काथ्री, हरि भण्डारी र भीमसेन खतिवडालगायत कलाकारको अभिनय रहनेछ ।
सामाजिक तथा पारिवारिक कथामा बन्ने फिल्मका निर्माता अनिल कुमार बुढाथोकी हुन् । अश्विन बराल, दिपेश तिरुवा, प्रविन राई, छिरिङ तामाङ र प्रवेश सापकोटा सहनिर्माता छन् । फिल्मको कथा रामकृष्ण बजगाईंले लेखेका छन् भने पटकथा तथा संवाद चानस पुन मगरको हो । रिता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसरका रूपमा रहेका छन्।सिनेमा पाठशाला प्रा.लि.को ब्यानरमा बन्ने फिल्ममा हरि घले लामाको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन रहनेछ। संगीत एसडी योगी, निराजन राई र दिप्सन लिम्बूको रहनेछ ।




.gif)



