विराटनगर । ट्राफिक प्रहरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै पूर्वाञ्चल चालक सङ्घले बिहीबार विराटनगरको महेन्द्र चोकमा प्रदर्शन गरेको छ । प्रदर्शनमा विभिन्न सवारीसाधनका चालकहरू सहभागी भएका थिए। उनीहरूले महेन्द्र चोकमा कोणसभा गर्दै ट्राफिक प्रहरी तथा प्रशासनले चालकहरूप्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने माग राखेका छन्।
चालकहरूले ट्राफिक नियम कार्यान्वयनका नाममा अनावश्यक दुःख दिने र हेपाहा प्रवृत्ति देखाउने कार्य तत्काल बन्द गर्नुपर्ने बताएका थिए । उनीहरूले चालकलाई सम्मानजनक व्यवहार गर्न, समस्या र गुनासोलाई संवादमार्फत समाधान गर्न तथा ट्राफिक व्यवस्थापनमा चालक र प्रहरीबिच सहकार्यको वातावरण बनाउनसमेत माग गरेका छन्।प्रदर्शनमा सहभागी चालकहरूले आफूहरू ट्राफिक नियम पालना गर्न तयार रहे पनि नियम कार्यान्वयनका क्रममा हुने व्यवहारप्रति असन्तुष्टि रहेको बताएका थिए।




.gif)



