काठमाडौँ । चर्चित गायिका प्रीति आलेको स्वर रहेको नयाँ मौलिक लोक/डान्सिङ गीत ‘मनमा पिर भएनी नाचिन्छ’ सार्वजनिक भएको छ । कस्तुप पन्तको शब्द तथा संगीत रहेको गीतले जीवनमा जस्तोसुकै दुःख, पीडा वा पिर–मर्का आइपरे पनि सबै भुलेर हाँस्दै नाच्नुपर्छ र जिन्दगीलाई उमङ्गका साथ बाँच्नुपर्छ भन्ने सकारात्मक तथा ऊर्जावान् सन्देश दिन्छ ।उत्कृष्ट शब्दहरू रहेको गीतमा गायिका आलेले आफ्नो मौलिक र ठेट शैलीमा स्वर भरेकी छन् । गीतमा रमेश सेन्चुरीको संगीत संयोजन (एरेन्ज) छ ।
गीतको म्युजिक भिडियोमा स्वयं गायिका प्रीति आले मुख्य भूमिकामा देखिएकी छन् । विभिन्न मौलिक नेपाली पहिरनमा सजिएर ठूलो समूहका कलाकारहरूसँगै उनले गरेको ऊर्जावान् नृत्य र अभिनयले भिडियोलाई निकै आकर्षक र भव्य बनाएको छ । नौमती बाजा, मादल र परम्परागत नेपाली संस्कृतिको सुन्दर सम्मिश्रण भिडियोमा देख्न सकिन्छ ।भिडियोको कोरियोग्राफी तथा निर्देशन स्मृति तिमिल्सिना ‘गुरुआमा’ ले गरेकी हुन् । करण चैसिरको छायाङ्कन रहेको भिडियोलाई नवीन घर्ती मगरले सम्पादन गरेका हुन् । गुरुआमा फिल्मसको पोस्ट प्रोडक्सन रहेको भिडियो सर्जक कस्तुप पन्तकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । नेपाली मौलिक बाजाको ताल, रमाइलो वातावरण र सन्देशमूलक शब्दका कारण सार्वजनिक भएलगत्तै गीतलाई दर्शक तथा श्रोताले मनाराउका छन् भने प्रतिक्रिया पनि राम्रो दिइरहेका छन् ।




.gif)





