images

२०८३ आश्विन १६ गते

images
images
images
  • विश्व
  • अस्ट्रेलियाले विद्यार्थी भिसा नियम बनायो थप...

अस्ट्रेलियाले विद्यार्थी भिसा नियम बनायो थप कडा,नेपाली विद्यार्थी पनि प्रभावित हुने

अस्ट्रेलियाले विद्यार्थी भिसा नियम बनायो थप कडा,नेपाली विद्यार्थी पनि प्रभावित हुने

images
images
शुक्रवार, आश्विन १६ २०८३
शुक्रवार, आश्विन १६ २०८३
  • मेलबर्न । अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विद्यार्थी भिसासम्बन्धी नियम थप कडा बनाएको छ । नयाँ व्यवस्था अक्टोबर २ अर्थात् आजदेखि लागू भएको हो । यसबाट अस्ट्रेलियामा अध्ययनरत तथा अध्ययनका लागि जाने तयारीमा रहेका नेपाली विद्यार्थीसमेत प्रभावित हुने देखिएको छ ।नयाँ नियमअनुसार अस्ट्रेलियामा रहेका विद्यार्थीले आफू अध्ययन गरिरहेको भन्दा उच्च तहको कोर्समा भर्ना हुने अवस्थामा बाहेक अनसोर (अस्ट्रेलिया भित्रैबाट) पनि भिसा आवेदन दिन पाउने छैनन् । 

    images
    images

    साथै, हालको कोर्स पूरा हुन अझै १२ महिनाभन्दा बढी समय लाग्ने अवस्थामा पनि अस्ट्रेलियाभित्रैबाट नयाँ विद्यार्थी भिसाका लागि आवेदन दिन पाइने छैन ।कोर्स पूरा हुन १२ महिनाभन्दा कम समय बाँकी रहेका विद्यार्थीले भने निश्चित अवस्थामा अस्ट्रेलियाभित्रैबाट आवेदन दिन सक्नेछन् । नयाँ व्यवस्थाले प्रभावित विद्यार्थीले आवश्यक परे अस्ट्रेलिया बाहिरबाट अर्थात् अफसोर आवेदन दिनुपर्नेछ ।त्यसो त यो नियम विद्यावारिधि अध्ययनरत विद्यार्थी, विद्यालय तहका विद्यार्थी, कूटनीतिक नियोगबाट अनुमति प्राप्त विद्यार्थी तथा केही विशेष अवस्थामा शैक्षिक संस्था बन्द वा खारेज भएका विद्यार्थीका लागि लागू नहुने बताइएको छ ।

    नयाँ व्यवस्थाले भिसा रद्द भएपछि पुनरावलोकनका लागि आवेदन दिएर निर्णय नआएसम्म अस्ट्रेलियामै बस्ने अभ्यासलाई समेत प्रभावित गरेको छ । अब विद्यार्थीले पुनरावलोकनको आवेदन दिए पनि निर्णय नआएसम्म अस्ट्रेलिया बाहिर बस्नुपर्ने व्यवस्था गरिएको छ ।यसअघि नै अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई अध्ययनका क्रममा परिवार ल्याउन प्रतिबन्ध लगाउने व्यवस्था अघि सारेको थियो । अध्ययनपछि काम गर्न पाउने पोस्ट–स्टडी वर्क भिसामा रहेका विद्यार्थीका परिवारलाई समेत ल्याउन नदिने नीति सार्वजनिक भइसकेको छ ।अस्ट्रेलियाले आप्रवासीको वार्षिक संख्या करिब ३ लाखबाट घटाएर २ लाख २५ हजार पुर्‍याउने नीति अघि सारेको छ । विद्यार्थी भिसामा पनि पछिल्लो समय कडाइ गरिएको छ । स्रोतका अनुसार नेपाली विद्यार्थीको भिसा स्वीकृति दर अहिले करिब ३६ प्रतिशतमा झरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend