images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • बरमूडाबाट बोस्टनतर्फ उडेको एयर एम्बुलेन्स दुर्घटनाग्रस्त,...

बरमूडाबाट बोस्टनतर्फ उडेको एयर एम्बुलेन्स दुर्घटनाग्रस्त, ६ जना सवार

बरमूडाबाट बोस्टनतर्फ उडेको एयर एम्बुलेन्स दुर्घटनाग्रस्त, ६ जना सवार

images
images
आइतवार, आश्विन १८ २०८३
आइतवार, आश्विन १८ २०८३
  • न्युयोर्क । बरमूडा हुँदै अमेरिकाको बोस्टनतर्फ उडेको एउटा एयर एम्बुलेन्स अटलान्टिक महासागरमाथि बेपत्ता भएको केही समयपछि त्यसको भग्नावशेष फेला परेको छ । अमेरिकी कोस्ट गार्डका अनुसार विमान म्यासाचुसेट्सको नान्टकेट तटनजिक समुद्रमा दुर्घटनाग्रस्त भएको हो ।विमानमा चार चालक दलका सदस्य र दुई यात्रुसहित छ जना सवार थिए । कोस्ट गार्डका अनुसार विमानमा रहेका चार जना क्यानडाका र दुई जना बरमूडाका नागरिक थिए । दुर्घटनापछि खोज तथा उद्धार अभियान सञ्चालन गरिएको थियो ।क्यानडामा दर्ता भएको उक्त एयर एम्बुलेन्स जेट बरमूडास्थित एलएफ वेड इन्टरनेसनल विमानस्थलबाट शनिबार राति बोस्टनका लागि उडेको थियो । उडानका क्रममा विमानसँग सम्पर्क टुटेको थियो ।

    images
    images

    उडानकै क्रममा विद्युत् समस्या

    उपलब्ध एयर ट्राफिक कन्ट्रोल अडियोअनुसार विमानका पाइलटले उडानका क्रममा विद्युत् प्रणालीमा समस्या आएको जानकारी दिएका थिए । उनले विमान ‘नेभिगेसनबिनै’ अर्थात् दिशानिर्देशन प्रणालीमा समस्या आएर उडिरहेको सङ्केत गरेका थिए ।सार्वजनिक भएको रेडियो संवादमा कन्ट्रोलरले पाइलटलाई विमान नेभिगेसनबिना आइरहेको हो कि भनेर पुनः पुष्टि गर्न खोजेको सुनिन्छ । यसैबिच विमानको उडान मार्गमा ठुलो आँधीसमेत देखिएको थियो । त्यसको केही समयपछि विमानसँग सम्पर्क टुटेको थियो ।

    २४ हजार फिटबाट १० हजार फिटमा झर्‍यो

    images
    images

    उडान ट्र्याकिङ वेबसाइट फ्लाइटरडार२४ को प्रारम्भिक तथ्यांकअनुसार विमान करिब २४ हजार फिटको उचाइबाट तीव्र गतिमा तल झरेर करिब १० हजार फिटमा पुगेको देखिएको थियो ।अमेरिकाको यातायात विभागकी पूर्व महानिरीक्षक मेरी शियाभोले विमानको नेभिगेसन उपकरणले काम गर्न छाडेको हुन सक्ने र त्यसपछि आएको आँधीले दुर्घटनाको जोखिम थप बढाएको हुन सक्ने बताएकी छन् ।उनका अनुसार ठुलो उचाइबाट अचानक तल झर्नु विमानमा गम्भीर समस्या आएको सङ्केत हुन सक्छ । विशेष गरी उपकरणमा समस्या आएर आँधीभित्र प्रवेश गर्दा पाइलटका लागि विमानको दिशा, उचाइ र अवस्थाबारे सही अनुमान गर्न निकै कठिन हुन सक्छ ।

    खोजी अभियान जारी

    अमेरिकी कोस्ट गार्डले रातभर समुद्रमा खोजी अभियान चलाएको थियो । आइतबार पनि एउटा जहाजमार्फत खोजी जारी राखिएको बताइएको छ । खोजीका क्रममा नान्टकेट तटनजिक विमानको भग्नावशेष भेटिएको हो ।विमानमा रहेका व्यक्तिका परिवार तथा नजिकका आफन्तलाई घटनाबारे जानकारी दिइसकिएको कोस्ट गार्डले जनाएको छ । बरमूडा विमानस्थलका सञ्चालक स्काईपोर्टले पनि विमानमा चार चालक दलका सदस्य र दुई यात्रु रहेको पुष्टि गरेको छ ।क्यानडाका यातायात मन्त्री स्टिभन म्याकिननले सामाजिक सञ्जाल एक्समार्फत ट्रान्सपोर्ट क्यानडाले खोज तथा उद्धार अभियानमा सम्बन्धित अधिकारीसँग समन्वय गरिरहेको बताएका छन् ।

    अमेरिकाको सङ्घीय उड्डयन प्रशासन (एफएए) ले गल्फस्ट्रिम जि १०० विमानसँग शनिबार बिहानै सम्पर्क टुटेको जानकारी दिएको थियो । राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटिएसबि) ले घटनाबारे जानकारी सङ्कलन गरिरहेको जनाएको छ । यद्यपि तत्कालै उसले औपचारिक रूपमा दुर्घटनाको अनुसन्धान गर्ने वा नगर्नेबारे स्पष्ट पारेको छैन ।दुर्घटनाको वास्तविक कारण भने तत्काल खुल्न सकेको छैन । विमानमा देखिएको विद्युत् तथा नेभिगेसन समस्या, खराब मौसम र विमानको तीव्र अवतरणलगायत विषय अनुसन्धानको क्रममा महत्त्वपूर्ण बन्न सक्नेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend