images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • एउटै छानामुनि सौन्दर्य सामग्री उपलब्ध गराउँदै...

एउटै छानामुनि सौन्दर्य सामग्री उपलब्ध गराउँदै ‘आई ब्युटी’ले विस्तार गर्‍यो सेवा

एउटै छानामुनि सौन्दर्य सामग्री उपलब्ध गराउँदै ‘आई ब्युटी’ले विस्तार गर्‍यो सेवा

images
images
आइतवार, आश्विन १८ २०८३
आइतवार, आश्विन १८ २०८३
  • सौन्दर्य तथा छालाको हेरचाहसम्बन्धी विभिन्न सामग्री एउटै स्थानबाट उपलब्ध गराउने उद्देश्यले ‘आई ब्युटी’ले आफ्ना सेवा विस्तार गरेको छ । ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार विभिन्न ब्रान्डका सौन्दर्य सामग्री सहज रूपमा छनोट गर्न सकून् भन्ने अवधारणाका साथ आई ब्युटी सञ्चालनमा ल्याइएको हो ।आई ब्युटीमा हाल लास्या, सिल्कन र टेनजिरो गरी तीनवटा एक्सक्लुसिभ ब्रान्ड उपलब्ध छन् । लास्या इटलीसँग सम्बन्धित सौन्दर्य ब्रान्ड हो । यसका सामग्री इटलीमा उत्पादन भएर आउने र नेपालमा प्याकेजिङ तथा रिफिलिङ गरिने कम्पनीले जनाएको छ । लास्या सन् २०१७ देखि नेपाली बजारमा उपलब्ध हुँदै आएको छ ।

    images
    images

    त्यस्तै, सिल्कन कोरियाली सौन्दर्य ब्रान्ड हो, जुन सन् २०१३ देखि नेपालमा बजारमा उपलव्ध हुँदै आएको छ । सिल्कनका सामग्री कोरियाली प्रविधि तथा अवधारणामा आधारित भए पनि प्याकेजिङ र रिफिलिङको काम नेपालमै गरिन्छ । आई ब्युटीका अनुसार नेपालमै प्याकेजिङ तथा रिफिलिङ हुने भएकाले अन्तर्राष्ट्रिय गुणस्तर र ब्रान्डको अवधारणा कायम राख्दै नेपाली उपभोक्ताको क्रयशक्ति र बजेटलाई ध्यानमा राखेर तुलनात्मक रूपमा पहुँचयोग्य मूल्यमा सामग्री उपलब्ध गराउन सहज भएको हो ।सन् २०२६ मा आई ब्युटीले टेनजिरोलाई नेपालमा सार्वजनिक गरेको छ । ‘मेड इन कोरिया’का रूपमा प्रस्तुत गरिएको टेनजिरो आई ब्युटीको एक्सक्लुसिभ ब्रान्ड हो । आई ब्युटीले नेपाली बजारमा ब्रान्डप्रतिको धारणा र उपभोक्ताको आवश्यकता फरक हुने भन्दै ग्राहकले आफ्नो आवश्यकता र बजेटअनुसार सामग्री छनोट गर्न पाउने वातावरण बनाउन खोजिएको जनाएको छ ।

    ‘एभ्रिथिङ यु निड, अन्डर वन रूफ’ अवधारणासहित सञ्चालनमा आएको आई ब्युटीका हाल केएल टावरको दोस्रो तल्ला, धुम्बाराही पिपलबोट र सिटी स्क्वायर सामाखुसीमा तीनवटा शाखा सञ्चालनमा छन् । कम्पनीले आई ब्युटीलाई कस्मेटिक पसलभन्दा पनि विभिन्न ब्रान्ड, उत्पादनको विविधता, सुविधा र पहुँचयोग्य मूल्यलाई एउटै स्थानमा जोड्ने प्रयासका रूपमा अघि बढाएको जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend