images

२०८३ आश्विन १८ गते

images
images
images
  • अटो
  • बेनेलीको दसैँ अफर, मोटरसाइकल–स्कुटर किन्दा ४०...

बेनेलीको दसैँ अफर, मोटरसाइकल–स्कुटर किन्दा ४० हजारसम्म एक्सचेन्ज बोनस

बेनेलीको दसैँ अफर, मोटरसाइकल–स्कुटर किन्दा ४० हजारसम्म एक्सचेन्ज बोनस

images
images
आइतवार, आश्विन १८ २०८३
आइतवार, आश्विन १८ २०८३
  • काठमाडौं।  बेनेली नेपालले दशैंको अवसरलाई लक्षित गर्दै आफ्ना ग्राहकका लागि विशेष दशैं अफर सार्वजनिक गरेको छ । नेपालका लागि बेनेलीको आधिकारिक बिक्रेता वैद्य ग्रुपले ग्राहकलाई नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्न थप सहज बनाउने उद्देश्यले ४० हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस तथा सहज फाइनान्सिङ सुविधा सहितको विशेष योजना ल्याएको हो ।यस योजना अन्तर्गत ग्राहकले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटरसँग बेनेलीको नयाँ मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा ४० हजार रुपैयाँसम्मको बोनस प्राप्त गर्न सक्नेछन् । पुरानो सवारीसाधनलाई एक्सचेन्ज गरी नयाँ बेनेली खरिद गर्न चाहने ग्राहकलाई दशैंको अवसरमा थप मूल्य लाभ उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

    images
    images

    साथै, ग्राहकको खरिद प्रक्रियालाई अझ सहज बनाउन कम्पनीले सहज फाइनान्सिङ सुविधा समेत उपलब्ध गराएको छ । यस सुविधामार्फत ग्राहकले आफ्नो बजेटअनुसार सहज किस्ताबन्दीमा बेनेलीका मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् ।दशैं अफर अन्तर्गत ग्राहकले बेनेली Panarea 125 स्कुटर २ लाख ५९ हजार ९०० रुपैयाँ तथा Benelli 180S मोटरसाइकल ३ लाख ८४ हजार ९०० रुपैयाँ मा खरिद गर्न सक्नेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend