images

२०८३ आश्विन १५ गते

images
images
images
  • अटो
  • एनआईसी एशिया बैंकका ग्राहकलाई होन्डा गाडी...

एनआईसी एशिया बैंकका ग्राहकलाई होन्डा गाडी कर्जामा ५.९९ प्रतिशत ब्याजदर

एनआईसी एशिया बैंकका ग्राहकलाई होन्डा गाडी कर्जामा ५.९९ प्रतिशत ब्याजदर

images
images
मंगलवार, आश्विन १३ २०८३
मंगलवार, आश्विन १३ २०८३
  • काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरूले होन्डा ब्राण्डका चारपाङ्ग्रे सवारीसाधन खरिद गर्दा विशेष छुट तथा आकर्षक ब्याजदरमा सवारी कर्जा (अटो लोन) पाउने भएका छन्। ग्राहकहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने सम्बन्धमा एनआईसी एशिया बैंक लिमिटेड र होन्डाका आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

    images
    images

    समझदारीपत्रमा बैंकका तर्फबाट रिटेल बिजनेसका चिफ बिजनेस अफिसर अमित केसी र स्याकार ट्रेडिङका तर्फबाट सीईओ सिर्जना ज्योतिले हस्ताक्षर गरेका छन्। समझदारीअनुसार होन्डा ब्रान्डका सवारीसाधन खरिद गर्ने ग्राहकले परिवर्तनीय ब्याजदरको विकल्प रोजे औसत आधारदरमा थप १ प्रतिशत ब्याजदरमा सवारीसाधन कर्जा पाउनेछन् । स्थिर ब्याजदर रोज्ने ग्राहकका लागि सात वर्षसम्म ५.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा उपलब्ध हुने बैंकले जनाएको छ ।त्यस्तै, कर्जामा प्रशासनिक सेवा शुल्कमा ०.२५ प्रतिशत छुट र छिटो कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend