images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • अनमोलको ‘बाटुलो जून’को टिजर सार्वजनिक, फिल्म...

अनमोलको ‘बाटुलो जून’को टिजर सार्वजनिक, फिल्म कार्तिक २६ रिलिज हुने

अनमोलको ‘बाटुलो जून’को टिजर सार्वजनिक, फिल्म कार्तिक २६ रिलिज हुने

images
images
आइतवार, आश्विन १८ २०८३
आइतवार, आश्विन १८ २०८३
  • काठमाडौँ । अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘बाटुलो जून’ आगामी २६ कार्त्तिकमा प्रदर्शन हुने भएको छ । निर्माण ब्यानर सनराइज पिक्चरले चलचित्रको टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि जानकारी दिएको हो ।टिजरले चलचित्रको परिवेश र कथाका आयामहरूको झलक मात्र प्रस्तुत गरेको छ । कथाको बारेमा पूरा जानकारी नदिएर टिजरले ‘टिज’ गर्नुपर्ने मान्यतालाई आत्मसात गर्दै चलचित्र भित्र रहेको क्यान्डिड सटलाई स्थान दिइएको छ ।  

    images
    images

    ‘बाटुलो जून’ ३० को  दशकमा आधारित प्रेमकथामा बनेको चलचित्र हो । चलचित्रले एउटा आदर्श प्रेमलाई केन्द्रमा राख्दै त्यतिबेलाको सामाजिक परिवेश, जीवनशैली र प्रेम गर्ने तौरतरिकालाई समेत पर्दामा उतार्ने प्रयास गरेको छ । अहिलेको प्रविधिमैत्री यूगमा र तीव्र गतिमा बदलिएको प्रेमभन्दा फरक, त्यो समयको प्रेम र समाजलाई चलचित्रले कथानकमा समेटेको छ ।अभिनेता भुवन केसीको निर्देशन रहेको चलचित्र अनमोल र भुवनको अलवा  प्रिन्सी खतिवडाको मुख्य भूमिकामा अभिनय छ । बेल्जियममा बसोबास गर्दै आएकी अभिनेत्री गरिमा पन्तले पनि पुनरागमन गरेकी छन् । चलचित्रलाई सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले लेखेका हुन् ।

    चलचित्रमा राजेश श्रेष्ठको छायाङ्कन, कृष्ण भण्डारीको सम्पादन, रोमन बज्राचार्यको पार्श्व संगीत रहेको छ । चलचित्रमा प्रदीप श्रेष्ठ एसोसिएट निर्देशकको रूपमा रहेका छन् । चलचित्र ‘बाटुलो जून’लाई जिया केसी र भविष्य खड्काले निर्माण गरेका हुन् । विवेक थापा चलचित्रका सह–निर्माता रहेका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend