images

२०८३ आश्विन १८ गते

images
images
images
  • विश्व
  • चीनको स्वदेशी उखु हार्भेस्टरले आयातित मेसिनलाई...

चीनको स्वदेशी उखु हार्भेस्टरले आयातित मेसिनलाई दियो चुनौती, विश्व बजारमा बढाउँदै पहुँच

चीनको स्वदेशी उखु हार्भेस्टरले आयातित मेसिनलाई दियो चुनौती, विश्व बजारमा बढाउँदै पहुँच

images
images
आइतवार, आश्विन १८ २०८३
आइतवार, आश्विन १८ २०८३
  • काठमाडाैँ । चीनमा स्वदेशी रूपमा विकसित उखु काट्ने मेसिन (हार्भेस्टर) ले आयातित उपकरणलाई प्रतिस्थापन गर्दै अन्तरराष्ट्रिय बजारमा समेत स्थान बनाउन सफल भएको छ।मध्य चीनको हेनान प्रान्तस्थित ‘लुओयाङ चेनहान एग्रिकल्चरल इक्विपमेन्ट टेक्नोलोजी’ले उत्पादन गर्ने हार्भेस्टरले अहिले चीनको उखु काट्ने मेसिन बजारको करिब आधा हिस्सा ओगट्नुका साथै दक्षिणपूर्वी एसिया र ल्याटिन अमेरिकासम्म निर्यात भइरहेको कम्पनीले जनाएको छ।५९ वर्षीय संस्थापक झाङ चाङ्सियानले सन् २००८ मा स्वदेशी हार्भेस्टर विकास सुरु गर्नुभएको थियो । इन्जिनियरबाट उद्यमी बन्नुभएका उहाँले मेसिन बजारमा ल्याउन आठ वर्ष लाग्ने कल्पना गरेका थिएनन्। वर्षौंसम्म उनले आफ्नो टोलीसँग दक्षिण चीनको ग्वाङसी क्षेत्रका उखुबारीमा नमुना मेसिन परीक्षण गर्दै डिजाइन सुधार गरे। हिलोयुक्त खेत, आँधीका कारण ढलेका उखु र भिरालो जमिनले विकास प्रक्रियालाई निकै चुनौतीपूर्ण बनाएको थियो।

    images
    images

    चीनको चिनी उद्योगले उत्पादन लागत घटाउन र प्रतिस्पर्धात्मक क्षमता बढाउन यान्त्रिकीकरणलाई प्राथमिकता दिइरहेका बेला कम्पनीको सफलता सम्भव भएको हो । चीनको कृषि तथा ग्रामीण मामिला मन्त्रालयअन्तर्गतको चिनियाँ कृषि दृष्टिकोण समितिका अनुसार, २०२४/२५ बजार वर्षमा चीनले करिब एक करोड १२ लाख टन चिनी उत्पादन गर्दा एक करोड ५७ लाख टन खपत गरेको थियो । माग र उत्पादनबीचको अन्तर पूर्ति गर्न करिब ४६ लाख टन चिनी आयात गरिएको थियो।झाङका अनुसार बढ्दो श्रम लागतले पनि यान्त्रिक खेतीको आवश्यकता बढाएको छ। सन् २००८ मा एक कामदारले २५–३० युआनमा दिनभरि करिब एक टन उखु काट्थे भने अहिले त्यही कामको लागत १८० देखि २५० युआन पुगेको छ । कम्पनीका हार्भेस्टरले भने एक दिनमै १०० टनभन्दा बढी उखु काट्न सक्छ, जुन करिब १०० जना कामदारको श्रम बराबर हो।

    सुरुआती चरणमा चीनमा प्रयोग हुने अधिकांश हार्भेस्टर आयातित थिए । तर ब्राजिल वा अष्ट्रेलियाका विशाल समथर खेतका लागि बनेका ती मेसिन चीनका साना तथा भिरालो खेतका लागि उपयुक्त थिएनन्। त्यसैले कम्पनीले चिनियाँ खेतको अवस्था सुहाउँदो ‘टुक्रा पारेर काट्ने’ प्रणाली विकास गर्‍याे। आर्थिक कठिनाइका बीच झाङले छोरीको शिक्षाका लागि छुट्याएको रकमसमेत परियोजनामा लगानी गरेका थिए।कम्पनीले सन् २०१५ मा पहिलो हार्भेस्टर तयार गरी २०१६ मा बजारमा ल्यायो । पहिलो वर्ष ३० भन्दा बढी मेसिन बिक्री भएकोमा अर्को वर्ष यो सङ्ख्या १५० नाघ्यो । सन् २०१९ देखि कम्पनीले भियतनाम, थाइल्याण्ड, इन्डोनेसिया, कोस्टारिका र भेनेजुएलालगायत देशमा निर्यात सुरु गरेको छ । अहिले कम्पनीको कुल आम्दानीको करिब एक–पाँचौँ हिस्सा निर्यातबाट आउने गरेको छ।ग्राहकको आवश्यकता अनुसार मेसिन परिमार्जन गर्ने क्षमताले पनि कम्पनीलाई अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाएको छ । कम्पनीले भविष्यमा स्मार्ट नियन्त्रण प्रणाली, हाइब्रिड ऊर्जा प्रविधि र कम इन्धन खपत हुने हार्भेस्टर विकासमा अनुसन्धान जारी राखेको जनाएको छ।“धेरैले चिनियाँ कम्पनीले उखु काट्ने मेसिन बनाउन सक्दैनन् भनेका थिए”, झाङले भने, “तर आज हामीले त्यस्ता मेसिन उत्पादन मात्र होइन, विश्व बजारमा निर्यात पनि गरिरहेका छौँ।”

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend