images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • क्यापिटल म्याक्सले ल्यायो ७.९९ प्रतिशत ब्याजदरमा...

क्यापिटल म्याक्सले ल्यायो ७.९९ प्रतिशत ब्याजदरमा स्मार्ट मार्जिन ट्रेडिङ सुविधा

क्यापिटल म्याक्सले ल्यायो ७.९९ प्रतिशत ब्याजदरमा स्मार्ट मार्जिन ट्रेडिङ सुविधा

images
images
सोमवार, आश्विन १९ २०८३
सोमवार, आश्विन १९ २०८३
  • काठमाडौँ । क्यापिटल म्याक्स सेक्युरिटिज लिमिटेड (ब्रोकर नं. ६२) ले आफ्ना ग्राहकलाई थप लगानी क्षमता, लचिलो वित्तीय पहुँच तथा सहज कारोबारको अवसर प्रदान गर्ने उद्देश्यले ‘स्मार्ट मार्जिन ट्रेडिङ सुविधा’ सञ्चालनमा ल्याउने भएको छ।

    images
    images

    कम्पनीका अनुसार यस सुविधामार्फत ग्राहकले आफ्नो उपलब्ध पूँजीको प्रभावकारी उपयोग गर्दै स्वीकृत सीमाभित्र थप लगानी गर्न सक्नेछन्। कम्पनीले मार्जिन ट्रेडिङलाई अतिरिक्त खरिद क्षमता उपलब्ध गराउने माध्यमका साथै ग्राहकलाई तरलता व्यवस्थापन गर्दै बजारका सम्भावित अवसरमा सहभागी हुन सहयोग गर्ने वित्तीय सुविधाका रूपमा अघि सारेको जनाएको छ।

    ७.९९ प्रतिशत वार्षिक ब्याजदर

    images
    images

    क्यापिटल म्याक्सको स्मार्ट मार्जिन ट्रेडिङ सुविधा अन्तर्गत वार्षिक ७.९९ प्रतिशत ब्याजदर कायम गरिएको छ। ग्राहकले स्वीकृत सीमाभित्र आवश्यकताअनुसार वित्तीय सुविधा उपयोग गर्न सक्ने कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार मार्जिन ट्रेडिङ सुविधा अन्तर्गत रु. १० लाखदेखि रु. ५ करोडसम्म वित्तीय सीमा उपलब्ध हुनेछ। ग्राहकले न्यूनतम ३० प्रतिशत मार्जिन कायम गर्नुपर्नेछ भने ब्रोकर कम्पनीबाट अधिकतम ७० प्रतिशतसम्म फाइनान्सिङ उपलब्ध हुने व्यवस्था गरिएको छ।

    यस सुविधाको अवधि १ देखि ३ महिनासम्म रहनेछ भने सेवा शुल्क ०.२५ प्रतिशत कायम गरिएको छ।

    कम प्रारम्भिक पूँजीबाट थप खरिद क्षमता

    मार्जिन ट्रेडिङ सुविधाले कम प्रारम्भिक पूँजीबाट लगानीकर्ताको खरिद क्षमता बढाउन सहयोग गर्ने कम्पनीको दाबी छ।

    ग्राहकले आफ्नो उपलब्ध इक्विटीको आधारमा थप लगानी क्षमता प्राप्त गर्न सक्ने तथा स्वीकृत सीमाभित्र वित्तीय स्रोतको उपयोग गर्न सक्ने कम्पनीले जनाएको छ।

    क्यापिटल म्याक्सका अनुसार सुविधाको अर्को पक्ष प्रयोग गरेको रकममा मात्र ब्याज लाग्ने व्यवस्था हो। अर्थात् स्वीकृत गरिएको सम्पूर्ण सीमामा नभई ग्राहकले वास्तवमा प्रयोग गरेको रकममा मात्र ब्याज लागू हुनेछ।

    रु. १० लाखदेखि ५ करोडसम्मको सीमा

    कम्पनीले मार्जिन खातामार्फत वित्तीय सुविधा लिन सकिने र प्रक्रिया सरल तथा व्यवस्थित बनाइएको जनाएको छ।

    स्मार्ट मार्जिन ट्रेडिङ सुविधाका प्रमुख पक्षहरूमा ७.९९ प्रतिशत वार्षिक ब्याजदर, रु. १० लाखदेखि रु. ५ करोडसम्मको वित्तीय सीमा, न्यूनतम ३० प्रतिशत ग्राहक मार्जिन र अधिकतम ७० प्रतिशतसम्म ब्रोकर फाइनान्सिङ रहेका छन्।

    कम्पनीले ग्राहकको उपलब्ध इक्विटी र स्वीकृत सीमाका आधारमा सुविधा उपयोग गर्न सकिने जनाएको छ।

    बजार जोखिमलाई ध्यान दिन आग्रह

    क्यापिटल म्याक्सले मार्जिन ट्रेडिङ सुविधा उपयोग गर्दा बजार जोखिमलाई समेत ध्यान दिन लगानीकर्तालाई आग्रह गरेको छ।

    कम्पनीका अनुसार मार्जिन ट्रेडिङसम्बन्धी सम्पूर्ण कारोबार तथा वित्तीय सुविधा प्रचलित कानुन, नियामकीय व्यवस्था, स्वीकृत सीमा तथा कम्पनीका सम्बन्धित शर्तअनुसार हुनेछ।

    मार्जिन ट्रेडिङमा बजार जोखिम रहने भएकाले लगानीकर्ताले आफ्नो जोखिम वहन क्षमता, लगानी उद्देश्य तथा वित्तीय अवस्थालाई ध्यानमा राखेर निर्णय गर्नुपर्ने कम्पनीले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend