काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको बढेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले सस्तो भएको हो भने चाँदी ४० रुपैयाँले महंगो भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ९१ हजार ५०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सनु तोलाको २ लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य तोलाको ४० रुपैयाँले बढेर ४ हजार ४३० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलाको ४ हजार ३९० रुपैयामा कारोबार भएको थियो ।




.gif)



