images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • सहकारी ठगीमा १२ जनाविरुद्ध काठमाडौं जिल्ला...

सहकारी ठगीमा १२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतको पक्राउ पुर्जी

सहकारी ठगीमा १२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतको पक्राउ पुर्जी

images
images
सोमवार, आश्विन १९ २०८३
सोमवार, आश्विन १९ २०८३
  • काठमाडौं। काठमाडौं जिल्ला अदालतले विभिन्न मुद्दामा १२ जनाविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ। यसअघि अदालतबाट जारी भएको पक्राउ पुर्जीअनुसार पक्राउ परी अदालतमा हाजिर नभएका तथा घरठेगाना फेला नपरेका व्यक्तिका नाममा अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो।

    images
    images

    अदालतका अनुसार सहकारी ठगीसम्बन्धी मुद्दामा ज्ञानश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष युवराज घले तथा अष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समिति र लेखा समितिमा रहेका पदाधिकारीसहित १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।अष्ट बचत तथा ऋण सहकारी संस्थासम्बन्धी मुद्दामा सञ्चालक समिति सदस्य प्रकाश खड्का, लेखा समिति सदस्य सुवास बुढाथोकी र बविता खड्का, सञ्चालक समिति अध्यक्ष अनिल खड्का, उपाध्यक्ष विजय खड्का, सचिव जीवन बुढाथोकी, कोषाध्यक्ष कुम्भराज जोशी, संस्थाका सदस्य सुशिल विक्रम राणा, सञ्चालक समिति सदस्य शुशिला बोहरा तथा लेखा समिति संयोजक गोविन्द बुढाथोकीविरुद्ध समेत पक्राउ पुर्जी जारी गरिएको अदालतले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend